परिचय थप्ने तयारीमा शोभिता

परिचय थप्ने तयारीमा शोभिता

नेपाली चलचित्र क्षेत्रमा कहिले घाम त कहिले पानीको अवस्थामा देखिने नायिका हुन् सोभिता सिंखडा । पतिसँग कहिले कतार त कहिले नेपाल बस्ने उनले आफ्नो परिचय थप्ने कोसिस गरेकी छन् । उनले लेखेको उपन्यास केही दिनमा सार्वजनिक गर्ने तयारी छ । शोभिताले तीन वर्ष लगाएर उपन्यास तयार गरेकी हुन् । ओशोमा लागेकी उनले सन्न्यासी बन्ने प्रयास गरिरहेकी छन् ।

ब्याच नम्बर १६, वीरताको चिनो, गंगाजल लगायतका चलचित्रमा अभिनय गरेकी उनको ‘द लाष्ट किस’ नामक चलचित्र भने विवादित भएको थियो । नेपाली चलचित्र क्षेत्रमा हट नायिकाको रुपमा स्थापित उनले कतारमा समेत नेपाली चलचित्र हलमा लगाउन थालेको बताउँछिन् । चलचित्र क्षेत्रमा राम्रोसँग बुझेर मात्र लाग्न उनले सुझाव दिन्छिन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार