प्रधानमन्त्री ओली महासभामा भाग लिन अमेरिका आउँदैं

प्रधानमन्त्री ओली महासभामा भाग लिन अमेरिका आउँदैं
 
 
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आउने भएका छन् । सेप्टेम्वर १८ वाट सुरु राष्ट्रसंघको ७३ औं महासभामा प्रभानमन्त्री ओलीले सेप्टेम्बर २७ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले महासभामा सम्बोधन गर्ने दिनमा नैं राष्ट्रसंघका महासचिव आन्टिनियो ग्युटेरिशसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
महासभामा सम्बोधन गर्नुअघि प्रधामन्त्री ओलीले नेल्सन मण्डेला शान्ति सम्मेलनलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् । राष्ट्रसंघ महासभामा भाग लिन आउने हरुको सम्मान तथा स्वागतमा अमेरिकाका राष्ट्रपतिले आयोजा गर्ने रात्रीभोजमा सेप्टेम्बर २४ मा पत्नी राधीका शाक्य सहीत प्रधानमन्त्री ओली सहभागि हुने कार्यतालिका रहेको छ ।  सो क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पसँग सक्षिप्त भेटवार्ता हुने बताइएपनि त्यसको टुंगो भने लाइनसकेको बुझिएको छ ।
 
ओली सेप्टेम्बर २५ मा राष्ट्रसंघका महासचिवले आयोजना गर्ने दिवाभोजमा सहभागि हुनेछन् भने सोही दिन ओलीले अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रोजले सहजीकरण गर्ने शान्ति, प्रजातन्त्र र विकास विषयक गोष्ठीलाई सम्वोधन गर्नेछन् ।
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्वीजरल्याण्डका राष्ट्रपति अलेन वर्सेट,कम्वोडियाका प्रधानमन्त्री सम्देह आका मोहालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
 
प्रधानमन्त्री ओली सेप्टेम्बर २९ मा कोष्टारिका तर्फ लाग्नेछन् । त्यहा उनले त्यहाका राष्ट्रपति कार्लोस अल्भार्टो सँग भेटवार्ता गर्नुका साथैं त्यहाको शान्ति विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत दक्षिण एसिया तथा चिनका सरकारप्रमुखसग भेटघाटको कार्यतालिका तय भैनसकेको भएपनि ओलीसँगैं भ्रमणमा आउने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुसग अनौपचारिक भेटघाटको आयोजना गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओली अक्टुबर ३ मा नेपाल फर्कने कार्यक्रम रहेको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार