अमेरिकामा एक महिलाले गोली चलाउदा एक नेपाली सहीत ४ को ज्यान गयो

अमेरिकामा  एक महिलाले गोली चलाउदा एक नेपाली सहीत ४ को ज्यान गयो
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिको मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा एक महिलाले अन्धाधुन्ध गोली चलाउदा एक नेपाली सहीत चार जनाको ज्यान गएको छ । घटनामा एक नेपाली सहीत तीन जना घाइते भएका छन् । मेरिल्याण्डको बाल्टिमोर शहरवाट झण्डैं ३५ माइल उत्तरपूर्व एवरडिनमामा रहेको राइट एण्ड कम्पनी भित्र विहिवार एक महिलाले गोली चलाएकि थिइन् । नले चलाएको गोलीलागि ३ जनाको ज्यान गएको थियो भने उनले आफुलाई समेत गोली हान्दा उनको समेत ज्यान गएको थियो । गोली चलाउने ती महिला यसअघि अन्य कम्पनीका सुरक्षा गार्डको रुपमा काम गरेको अनुसंधानवाट खुलेको छ । 
२६ वर्षिया स्नोचिया मोस्लीले चलाएको गोलीवाट ज्यान गुमाउनेमा  ४१ वर्षिया नेपाली महिला वृन्दा गिरी रहेकि छन् । मृतक गिरीको  नेपालमा माइत पर्वत र घर कास्की रहेको बताइएको छ । घटनामा परी घाइते भएका नेपाली पूर्ण आचार्यको अहिले उपचार भैरहेको छ । मृतक वृन्दाका श्रीमान् केही वर्षअघि देखि अमेरिका आएको भएपनि वृन्दा भने पाच महिना अघि  एक छोरा र एक छोरी सहीत अमेरिका आएकी थिइन् । 
मृतक वृन्दाको अन्तिम संस्कार आइतवार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  
घटनामा परी ज्यान गुमाउने अन्यमा ४५ वर्षिय सन्दे एग्युडा र अर्का ४१ वर्षिय ह्यलिन रेयस रहेको मेरिल्याण्ड राज्यका प्रहरी अधिकारीहरुले जनाएका छन् । घटनामा नेपाली आचार्यसहीत १९ वर्षिय हसन मिचेल र ४५ वर्षिय विलफ्रेर्दो भिलगेस घाइते भएका छन् ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार