डुङ्गा दुर्घटनामा २०७ को मृत्यु

डुङ्गा दुर्घटनामा २०७ को मृत्यु

केन्या । तान्जानियाको लेक भिक्टोरियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेलाई उदृृत गरी शनिबार रेडियोले मृतक संख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिइएको जानकारीमा मन्त्री कामवेलेले मृतकको संख्या कम्तीमा १२६ पुगेको र घटनाबारे थप अपडेट गराइने बताइएको छ । शनिबार पनि खोजी कार्य जारी राखिएको छ । शनिबार दिउँसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताएका छन् ।

एमभि नाइरेरे नामक डुङ्गाले २०० भन्दा बढी यात्रु लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो । डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर यात्रु लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार