यस्तो छ कांग्रेसमा सभापति शक्तिशाली बनाउने प्रस्ताव

यस्तो छ कांग्रेसमा सभापति शक्तिशाली बनाउने प्रस्ताव


 काठमाडौं, असोज ७ । नेपाली कांग्रेस पार्टीमा सभापति शक्तिशाली बनाउने प्रस्ताव पेस भएको छ । कांग्रेसको बन्दै गरेको नयाँ विधानमा तीन विकल्पसहित सभापतिलाई शक्तिसम्पन्न बनाउने प्रस्ताव अघि सारिएको हो ।

विधान संशोधन समितिले पहिलो विकल्पको रुपमा ९२ पृष्ठको प्रस्ताव अघि सारिएको छ । जसमा सभापतिसहित अन्य ९ जना मनोनित गर्ने प्रस्ताव गरेको छ ।  त्यस्तै, दोस्रो विकल्पमा ७ पदाधिकारी निर्वाचन गरिने र ३ जना मनोनित गर्न सकिने जनाएको छ ।

समितिले अन्तिम तेस्रो विकल्पका रुपमा समितिमा रहने सबै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव अघि सारेको छ ।  अब बन्ने कांग्रेसको केन्द्रीय समितिमा कुल १० पदाधिकारी र १३३ सदस्य रहने प्रारम्भिक प्रस्ताव पेस गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार