अग्रिम टिकट बिक्री खुला हुने, दशैँमा बढ्यो गाढी भाडा

अग्रिम टिकट बिक्री खुला हुने, दशैँमा बढ्यो गाढी भाडा

काठमाडौं, असोज ७ । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो ।
यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सरकार सहमत भएको हो ।

मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो । भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार