बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेपछि...

बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेपछि...
 
कैलाली, असोज ७ । कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको हो । 
 
टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बाबुले छोरालाई बञ्चरोले टाउकामा हिर्काएपछि घाइते गम्भीर भएका कृतबहादुरको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।  
 
टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कृतबहादुरलाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । 
 
लुहारको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार