चेम्वरको डिनरमा फरक स्वाद

चेम्वरको डिनरमा फरक स्वाद
सुरज भण्डारी
 
शनिवार डलास क्षेत्रवरपरका नेपाली व्यापारी व्यवसायी अलि हतारोमा देखिन्थे । फोनसम्पर्कमा आएका अधिकांशले साँझ उत्तैं भेटौंलाहैं भन्ने जवाफ दिन्थे । साँझ ६ बजे अघिनैं पुग्नुपर्छ हैं, कतिपयले सम्पर्क गर्दा यो वाक्य समेत छुटाइरहेका थिएनन् । आफैंले आफ्नैं लागि समय सिमा कोरिरहेका थिए डलासका नेपाली मुलका व्यापारी व्यवसायीले  । आफूले उल्लेख गरेजस्तैं शनिवार डलासमा नेपलिज अमेरिकन चेम्वर अफ कमर्शले गरेको कार्यक्रममा यो पंक्तिकार त्यहा पुग्दा ती अनुहारहरु कार्यक्रम स्थलमा देखिन्थ्यो । 
आयोजकले साढे ५ बजेनैं कार्यक्रममा आउन र ६ बजेभित्रैं कार्यक्रम सुरु भैसक्ने बताएकाले पनि कार्यक्रममा अधिकांश  सहभागि समयमैं पुगेका थिए । यो पंक्तिकार व्यक्तिगत कारणले कार्यक्रमस्थलमा साढे ५ वजे पुग्न नसक्ने हुदा अलि ढिलो हुन्छ के गर्ने होला भनेर  पत्रकार लेखनाथ गौतमलाई सोध्दा उनी ६ बजे त पुगिसक्नुपर्छ होला भन्दै थिए । समान्यत: डलास वरपर नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम निर्धारित समयभन्दा विलम्व गरी सुरु हुने मात्र होइन सहभागिहरु पनि कार्यक्रम ढिलो नैं हुन्छ भनी समय घर्किएपछि आउने एक खालको परम्परा नैं बसेको थियो । तर चेम्वरले गरेको कार्यक्रममा भने समयमा आउने भन्दा नआउनेहरुको संख्या औलामा गन्न सकिने अवस्था थियो । अर्थात अधिकांश समयमैं कार्यक्रम स्थलमा पुगेका थिए । 
चेम्वरले सहभागिहरुको कार्यक्रम पूर्व नैं दर्ता गरेकाले  पनि आयोजकलाई सहभागिहरु कुरिरहनुपर्ने त्यस्तो कुनैं अवस्था थिएन । चेम्वरले यो कार्यक्रममा कार्यक्रम कक्षको क्षमता भन्दा बढी सहभागि गराउन नसक्ने भएकाले धेरैं अघिनैं आवश्यक संख्या पुरा भएकाले दर्ता नैं बन्द गरेको जनाइसकेको थियो । कार्यक्रम आउन रुची भएकाहरुलाई पनि सहभागि गराउन नसकिएको संस्थाका महासचिव बाल जोशीले आफ्नो फेसबुक वाल देखि संस्थाको फेसबुक वालसम्म जानकारी गराइरहेकैं थिए । उनको त्यो जानकारी केवल जानकारी मात्र थिएन भविष्यमा यस्ता कार्यक्रम हुदा अन्तिम समय पर्खनेहरुलाई एउटा अनुरोध पनि थियो, सबैं कार्यक्रम केवल सहभागिताका कारण रोकिने अवस्था हुदैंन, त्यसैले समय रहदैं आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्दछ । यसलाई कार्यक्रम संचालन सुरु गर्दा समेत जोशीले संकेत गरेका थिए । 
निर्धारित समयमैं सहभागि पुगेपनि कार्यक्रम भने केही विलम्व सुरु भएको थियो । हुनत: कुनैं औपचारिकतामा मात्रैं सिमित नरहने कार्यक्रम थियो त्यो अर्थात चेम्वरले चौथौं डिनर कार्यक्रमको आयोजना गरेको थियो । 
जहा यस क्षेत्रका व्यापारी व्यवसायी देखि लिएर विभिन्न क्षेत्रवाट प्रतिनिधित्व रहेको थियो । सहभागिहरुको नाम ट्याग निर्माण देखि लिएर धेरैं कोणवाट भिन्न थियो त्यो कार्यक्रम । विभिन्न अन्तराष्ट्रिय कन्फ्रेन्समा सहभागिता जनाउदाको छनक त्यसले दिइरहेको थियो । पक्केपनि नेपलिज समुदायमा हुने कार्यक्रमहरुमाल त्यो एउटा नया पन थियो । 
अमेरिकामा जमेका व्यवसायी भारतीय मुलका सतिश गुप्ताको सफलताको यात्रा वर्णन् होस् वा संचारकलाकी एउटा सिपालु प्रशिक्षक जोन्ना लेसीको एउटा व्यक्तिका लागि संचारकला क्षमताको महत्व वारेको प्रशिक्षणत्मक अभिव्यक्ति नैं किन् नहोस् हरेक विषय अर्थपूर्ण थिए । धेरैं कोणवाट अलि भिन्न वा भनौं यहाको अमेरिकन समुदायले गर्ने  कन्फ्रेन्स शैली अपनाउन खोजिएको भएपनि कतिपय ठाउमा अलि यस्तो नभएको भए हुने थियो भन्ने पनि देखिएको थियो । र संस्थाका महासचिव एवं संचालक जोशी पनि वि यार लर्निङ भनिरहेका हुन्थे । 
डिनरसगैं कतिपय वत्ताका कुरा पनि सुन्नुपर्ने पनि समय मिलाइदा अलि यसो नभएको भए हुन्थ्यो कि भन्ने ठाउ रहेपनि समग्रमा कार्यक्रम अन्य संघ संस्थाले पनि सिको गर्दा हुने खालको थियो । संस्थाका अध्यक्ष मनोज सिग्देल, निवर्तमान अध्यक्ष वासु भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा ,नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रका बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालदेखि बोल्ने वत्ताहरुले छोटो र कार्यक्रम विषयवस्तुमाथिनैं मात्रैं आफ्नो भनाई केन्द्रीत गर्दा सहभागिलाई निकैं घत परिरहेको देखिन्थ्यो । 
चेम्वरले गरेको यो डिनर कार्यक्रम केवल खाना खाने कार्यक्रम मात्र थिएन र सिक्ने कुरा धेरैं थिए, जम्मा भएर खाना खाऊ भनेर मात्रैं यो गरिएको थिएन र पक्कैं पनि सहभागिहरुलाई पनि यसलाई यसरी बुझ्न सन्देश दिने गरी आयोजक लागेको भने पक्कैं देखियो र त चेम्वरको त्यो डिनरको फरक स्वाद रह्यो ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार