कांग्रेस नेतृत्वलाई संगठन निर्माणमा लाग्न सुझाव

कांग्रेस नेतृत्वलाई संगठन निर्माणमा लाग्न सुझाव
विश्व न्यूज संवाददाता
अर्विङ । 
नेपाली काग्रेसका नेतृत्वलाई अरुको आलोचनामा भन्दा संगठन निर्माणमा लाग्न टेक्ससको अर्विङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । अवको पाच वर्षपछि फेरि सत्तामा फर्कनका लागि जनतामा विझेर काम गर्न उनीहरुले सुझाव दिएका हुन् । 
नेतृत्वमा रहेका नेताहरु एक आपसमा खिचातानीमा रम्दा पार्टी कमजोर हुन पुगेको बताउदैं उनीहरुले अहिलेको आवश्यकता अरुको आलोचना  नभई पार्टी संगठन निर्माण रहेको बताए । 
सत्तामा रहेकाहरुले गलत गरे जनतामा त्यो विषय उठाउनु प्रतिपक्षको कर्तव्य भएको बताउदैं वक्ताहरुले प्रतिपक्षीय भूमिका सँगैं गाउ गाउमा कांग्रेसलाई एक गराउन अवको समय खर्चनुपर्ने जनाए । 
नेपाली जनसम्पर्क समिति डलास फोर्टवर्थ च्याप्टरले अर्विङमा आइतवार कांग्रेसका नेता रेवती भूषाल, अग्रज नेता कृष्णलाल सापकोटा, कांग्रस काभ्रेका उपसभापति अच्युत पौडेलको उपस्थितिमा गरेको अन्तरक्रियात्मक कार्यक्रमका वत्ताहरुले विचार सही रहेको कांग्रेसलाई नेतृत्वले सही दिशा दिन सक्नुपर्नेमा जोड दिइएको थियो । 
च्याप्टर महासचिव दिनेश शर्माको संचालन र अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्कका नेताहरु भगवान मैनाली, सुन्दर कर्माचार्य, सन्तोष विष्ट, शारदा रेग्मी, सुभेन्द्र रानाभा लगायतले धारणा राखेका थिए ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार