शहर सफाइ अभियानमा लायन्सको सहकार्य

शहर सफाइ अभियानमा लायन्सको सहकार्य
विश्व न्यूज संवाददाता
अर्विङ । 
सिटि अफ अर्विङको अर्विङ शहर सफा अभियानमा डलास एभरेष्ट लायन्स क्लबले समेत सहकार्य गर्ने भएको छ । सिटिका मेयर रिक स्टोफरसहीतको सिटि नेतृत्व किप अर्विङ ब्युटिफुल अभियानमा जुटेको छ । त्यसैक्रममा लायन्स इन्टरनेशनलले  वातावरणको क्षेत्रलाई समेत महत्वपूर्ण कामको क्षेत्रको रुपमा लिएर अघि वढेकाले अर्विङ सिटीको अर्विङ शहर सफा अभियानमा क्लबले सहकार्यको हात अघि बढाएको क्लबका सचिव केदार तिमलसिनाले जानकारी दिए । 
सरसफाइ कार्यक्रम अन्तर्गत आइतवार अर्विङमा  रहेको नेपाली सांस्कृतिक तथा धार्मिक केन्द्र परिसर लायन्स र लियोका गरी २८ जनाको सहभागितामा सरसफाइ गरिएको थियो  । क्लबले सिटि अफ अर्विङको किप अर्विङ ब्युटिफुल अभियानकैं क्रममा अर्विङको नेपाली मन्दिर जाने मार्ग वेष्ट वालियरको आधा माइल क्षेत्रलाई प्रत्येक महिना सरसफाई गर्ने भएको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार