व्यावसायिक पाइला बढाउँदै रक्षा पाण्डे

व्यावसायिक पाइला बढाउँदै रक्षा पाण्डे

नेपाली चलचित्र क्षेत्रमा युवायुवतीको आकर्षण बढ्न थालेको छ । नेपाली चलचित्रप्रति अहिलेका पुस्तामा लगाव बढेको पाइन्छ । पछिल्लो समय नवनायिका रक्षा पाण्डेले व्यावसायिक रुपमा आफूलाई नेपाली चलचित्र क्षेत्रमा क्रियाशील बनाउने तयारी गरेकी छन् ।

चलचित्र वास्तुशास्त्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी रक्षाले यस चलचित्रमा सहनायिकाको भूमिका निभाएकी छन् । तर, छायाङ्कनका क्रममा रहेको चलचित्र ‘मधुमालती’बाट उनले नायिकाका रुपमा डेब्यु गर्दै छिन् ।

पिरतीमा पागल बनेर र अन्तिम भेट लगायत म्युजिक भिडियोबाट अभिनय क्षेत्रमा हामफालेकी रक्षालाई वानपिस पहिरन असाध्यै मन पर्छ । कथाका लागि आफूलाई ओपन गर्न तयार रहने रक्षाका लागि वान पिस मन पर्ने पहिरन हो । लोभलाग्दो जिउडालकी धनी उनले आफू वान पिसमै सेक्सी देखिने बताएकी छन् । आम्दानीबाट आउने रकमले मेकअपका सामाग्री किन्ने गरेको उनी बताउँछिन् । सुनसान खोलानालामा डुल्न मन पराउने रक्षाले नायक प्रदीप खड्कालाई मन पराउँछिन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार