अन्तराष्ट्रिय साहित्य समाजमा पदस्थापन

अन्तराष्ट्रिय साहित्य समाजमा पदस्थापन
विश्व न्यूज संवाददाता
 टेक्सस ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को नव निर्वाचित कार्यसमितिको पदस्थापन आइतवार टेक्ससको डलासमा सम्पन्न भएको छ । 
 राधेश्याम लेकालीको अध्यक्षतामा  निर्वाचित भएको कार्यसमितिको पदस्थापन भएको हो । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल,उपाध्यक्षहरु अमेरिकावाट शान्तिराम ढकाल, अष्ट्रेलियावाट मिभसेन सापकोटा, एसियावाट निशा अर्याल, युरोपवाट सुनील संगम, महासचिव गणेश घिमिरे,सचिव लालगोपाल सुवेदी,कोषाध्यक्ष विकास विष्ट र सदस्यहरुमा सानु घिमिरे, लक्ष्मी राई र अग्नी प्रसाद पराजुली रहेका छन् । 
अनेसासको नेतृत्व चयनका लागि भिम कार्कीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । 
 अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा भएको साधारणसभा सहीतको पदस्थापन कार्यक्रममा साहित्यकारहरु डा.श्याम कार्की, खगेन्द्र लुइटेल,मोहन सिटौला लगायतको सहभागिता रहेको थियो । 
अनेसास डलास च्याप्टरको संयोजनमा भएको कार्यक्रमको संचालन वासु शर्मा र स्वागत कपिल अधिकारीले गरेका थिए । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार