३ महिना बित्यो केही खबर आएन ?

३ महिना बित्यो केही खबर आएन ?
रमेश श्रेष्ठ

मेरो पर्मानेन्ट रेसिडेन्सी भएको ५ वर्षपछि मैले एन–४०० युएस सिटिजनसिपका लागि पेश गरेको थिएँ । अन्तरवार्ता भएको पनि ३ महिना भयो । अन्तरवार्ता अफिसरले पास भएको भनेको थियो । तर, मेरो एन–४०० एप्रुभ भएको–नभएको कुरा केही पनि भनेन र निर्णयको पत्र आउनेछ, पर्खनू भनेर पठाइदियो । आज ३ महिना हुँदा पनि केही खबर आएन । के भएको होला ? केही सुझाव दिनुहुन्छ कि ? धन्यवाद ।

– अमित, अमेरिका

युएस सिटिजनसिपको निवेदन एन–४०० फर्मले एप्रुभ नगरेसम्म शपथ ग्रहण लिने प्रक्रिया शुरु हुँदैन । शपथग्रहण नलिएसम्म नेचुरलाइज्ड युएस सिटिजनका रुपमा मान्यता प्राप्त हुँदैन । त्यसैले आवश्यक अंग्रेजी युएस गभर्मेन्ट र युएस हिस्टोरीको टेस्टमा पास भए पनि एन–४०० एप्लिकेसन एप्रुभ हुनु आवश्यक छ । अन्तरवार्ताकै दिनमा तपाईंको एन–४०० एप्लिकेसन स्वीकृत वा अस्वीकृत भएको नभन्नु सामान्य नै भए पनि ३ महिनासम्म कुनै जबाफ नआउनु अलिकति असामान्य वा अनयुजअल मान्नुपर्ने हुन्छ । यसरी डिले हुनुका मुख्य कारणहरु यस्ता हुन सक्छन् । १) तपाईंको ब्याकग्राउण्ड चेक क्लियर नभएको हुन सक्छ वा (२) तपाईंले ग्रीनकार्ड कसरी पाउनुभयो र सो पाउँदा त्यहाँ कुनै अनियमितता भएको थियो कि भन्ने प्रश्न उठेको कारणले फर्दर इन्भेष्टिगेसन गर्नुपर्ने आवश्यकता परेकाले पनि तपाईंको एप्लिकेसनको फाइनल डिसिजनमा डिले हुन गएको हुन सक्छ । यी माथिका दुई कारणहरु नपरेको खण्डमा युएससीआईएसको सामान्य ब्याकलग वा केसको बढी चाप भएका कारणले पनि हुन सक्छ ।

यो अवस्थामा पर्खनुबाहेक अरु विकल्प नभए पनि अन्तरवार्ता भएको अफिसमा गई सोधपुछ गर्न सक्नुहुनेछ । धेरै लामो समयसम्म रिजल्ट नआएमा र तपाईंको इन्क्वायरीको जबाफमा युएससीआईएसले ‘ब्याकग्राउण्ड चेक’को छोटो जबाफ दिएको खण्डमा यो बुझ्नु जरुरी हुन्छ कि तपाईंको पर्मानेन्ट रेसिडेन्सीको भ्यालिडिटीमा प्रश्न उठेको छ र सम्भवतः फ्रड युनिटमा एन–४०० एप्लिकेसन रिफर्रड भएको हुन सक्छ ।

तर, तपाईंको केसमा ३ महिना मात्र डिले भएकाले त्यति नकारात्मक स्थिति पैदा भएको नहोला । र, आशा गरौं छिट्टै सकारात्मक जबाफ वा डिसिजन पनि प्राप्त गर्न सक्नु होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार