समुदाय र लसएन्जल्सको पशुपति फाउन्डेशन

समुदाय र लसएन्जल्सको पशुपति फाउन्डेशन
 
नबिन पोखरेल 
 
 
सन् २००९ को सुरुवातसँगैं दक्षिणी क्यालिफोर्नियाको यस क्षेत्रमा नेपालीहरूको उपस्थिति बढेको पाइन्छ ।  नेपालीको बढ्दो संख्यासंगै आफ्नो समुदायको  धर्म, संस्कृति, परम्परा र पहिचान सहित नेपालीपन झल्कने हेतुले पशुपतिनाथको मन्दिर, बुद्ध स्तुपा र नेपाली सामुदायिक केन्द्र बनाउने अभियान सुरु भएको हो । यो महान् लक्ष्य सहित अगाडी हिडेको हाम्रो यो समुदायको लगभग ९ बर्षको अनबरत खटाई र मेहेनत पश्चात भगवान् श्री पशुपतिनाथ र बुद्ध मन्दिरको स्थापना गर्दै नियमित पुजापाठका साथ नेपालीपन र हाम्रो धर्म र संस्कृतिको रक्षा तथा संरक्षणका लागि क्षितिज पारीको बिरानो यो भुमिमा पनि आफ्नो सनातन हिन्दु धर्म र नेपालीत्वलाई बचाउन सफल भएका छौं । 
 
आजको यस परिवेश निर्माणका लागि धेरैको आफ्नो अमुल्य समय र सहयोग रहेको छ, खासगरी सन् २०११ को जुलाईमा आयोजित सप्ताहसँग लगाईएको महापुराणको अबसरमा ग्रेटर लस एन्जल्स भित्र बसोबास गर्ने सयौं मनकारी दाताहरूको असिम सहयोग र त्यसपछिको निरन्तर जो यस ठाउमा आईपुग्नु हुन्छ उहा‘ंहरूबाट प्राप्त सहयोगले नेपाली समुदायको मनोकामना पुरा गर्न महत्वपुर्ण भुमिका रहेको छ भनेर यहा‘ं उल्लेख गर्न योग्य ठानें, महान् सबै दाताहरूलाई यहा‘ं एक पटक शब्दमा सम्मान समेत गर्दछु ।
 
अब रह्यो कुरा यसको व्यबस्थापकीय सुधार र संचालनको बिषयमा, बिगतका दिनहरूमा पनि काम गर्ने बिषयमा केहि मतान्तर नभएको भने होईन, तर मन्दिर निर्माणको क्रममा ती बिषयलाई कम महत्व दिईएको थियो । जो जरुरी पनि थियो । ठूलो पुण्यकार्य फत्तेगर्दा साना विषयमा अल्झिन हुदैंनथ्यो । हुनत: मन्दिरमा गर्ने सेवा नैं हो, पुण्य प्राप्तिको अभियान न हो । यो समाज सेवा हो, यसमा कसैको जितहार हुदैन, त्यसमाथि पनि यो बिशुद्ध भगवान् नाममा गरिने धार्मिक सेवा हो । यसमा जसले उदारता देखाउँछ उसैले जित्छ र लामो समयसम्म यात्राको निम्ति हाम्रो बाटो तय हुन्छ । यात्राको प्रारम्भमानै यात्रीहरूका बिच हुने बेमेलले यात्रालाई थप उर्जाशिल र उल्लासमय बनाउन सक्दैन । यसैले सबैं मिलेर नै अवको गन्तव्य तय गर्नु आवश्यक छ । 
सबैंले फराकिलो मनसहीत सबैंको एउटैं चिन्तन हुन सक्दा हाम्रो लक्ष्यमा हामी पुग्न सक्छौं ।  
समुदायकैं लागि समुदायले नैं मन्दिर देखि सामुदायिक केन्द्र अनि हाम्रो लक्ष्यका योजनाहरु बनाउने हुदा समुदायलाई जोडेर अघि बढ्नु आवश्यक छ । खुल्ला ढंगले समुदायमा हरेक विषयहरु लैजान सक्दा त्यसले समुदायलाई कमजोर होइन झन् बलियो बनाउँछ । समुदायले ती योजनामा अपनत्वको अनुभुति गर्नेछन् जसले गर्दा समुदायलाई नैं अगाडी बढाउदा दाताहरूमा जिम्मेवारी र अपनत्वको भावानाको बिकास हुन्छ र मन्दिर मेरो होईन हाम्रो भन्ने आभाष हुन्छ ।
( लेखक: क्यालिफोर्नियाको लसएन्जल्स निवासी हुन् । ) 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार