समाजको दसैं डिनर कार्यक्रम

समाजको दसैं डिनर कार्यक्रम
विश्वन्यूज संवाददाता
अर्विङ (टेक्सस) ।
नेपाली समाज टेक्ससले स्थापनको विसौं वर्षगाँठ शुभकामना आदान प्रदान सहीत मनाउने भएको छ । समाजले आउँदैं गरेको विजयादशमी, दिपावली, छठ लगायतका पर्वको अवसरमा एकआपसमा शुभकामना साटासाट गरी वर्षगाँठ मनाउन लागेको हो ।
समाजले आउँदो अक्टुवर १२ शुक्रवार डिनर कार्यक्रमसहीत शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरेको छ । संस्थाको लागि केही रकम संकलन 
गर्ने उद्देश्यसहीत संस्था स्थापनाको २० वर्षको अवसरमा दसैं डिनर कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा सहयोग स्वरुप ५० डलर प्रवेशको व्यवस्था  गरिएको समाजले जनाएको छ । 
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरु, अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु एवं समाजका सदस्यहरुको सहभागिता रहने बताइएको छ । 
यसैविच, समाजले आयोजनागर्न लागेको एनएसटी कपको समेत तयारी अघि वढेको छ  । समाजले सकर, बास्केटवल, फ्लाग फुटवल, टेवलटेनिस र क्रिकेट खेलको प्रतियोगिता आयोजना गर्दै छ ।  समाजले अक्टुवर १३ मा वास्केटवल, नोमेम्वर ३ र ४ मा सकर तथा अक्टुवर २७ मा टेवल टेनिस खेलको प्रतियोगिता गर्न लागेको जनाएको छ । यस्तैं, समाजले २७ अक्टुवरमा चंगा चेटको समेत आयोजना गरेको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार