लायन्सको स्वास्थ्य शिविर

लायन्सको स्वास्थ्य शिविर
विश्व न्यूज संवाददाता
अर्विङ । 
डलास एभरेष्ट लायन्स क्लबको आयोजनामा शनिवार अर्विङमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरवाट १ सय २० जनाले सेवा लिएको क्लबले जनाएको छ ।
शिविरमा ल्याब परिक्षण देखि विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा सिटि अफ अर्विङमा मेयर रिक स्टोफर, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट टु एक्स वनका गर्भनर केथी मुर्रे लगायत लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट अधिकारी, क्लबका पूर्व अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको क्लबले जनाएको छ । 
क्लबले विभिन्न समयमा स्वास्थ्य शिविर तथा नेत्र परिक्षण शिविरको आयोजना गर्दै आएको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार