मिचिगन रातोलाई भलिवल प्रतियोगिताको उपाधि

मिचिगन रातोलाई भलिवल प्रतियोगिताको उपाधि
विश्व न्यूज संवाददाता
मिचिगन । 
एनआरएन डे को अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका मिचिगन राज्य च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगिताको उपाधि मिचिगन भलिवल समूह रातोले जितेको छ । 
मिचिगन, इलिनोइस,ओहियो र विष्कोन्सिन राज्यका ६ भलिवल समूहको सहभागिता रहेको प्रतियोगिताको उपाधि जित्ने क्रममा मिचिगन रातोले इलिनोइस राज्यको शिकागोमा रहेको हिमालयन यति भलिवल समूहलाई फाइनलमा हराएको थियो ।
प्रतियोगितामा सहभागि रहेका टिम मेडिसन, विस्कोन्सिन,हिमालयन यति शिकागो, राइनो क्लब शिकागो, टिम टोलेडो ओहियो,मिचिगन रातो र मिचिगन निलो मध्ये मिचिगन रातो, हिमालयन यती, राइनो शिकागो र टिम मेडिसिन सेमिफाइनलमा प्रवेश गरेका थिए । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार