न्यू हेम्पसायरमा रक्तदान कार्यक्रम सम्पन्न

न्यू हेम्पसायरमा रक्तदान कार्यक्रम सम्पन्न

न्यू हेम्पसायर । युनाइटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इङ्ल्याण्ड च्याप्टरको आयोजनामा न्यू ह्याम्पसायर राज्यमा रक्तदान सम्पन्न भएको छ । स्थानीय  इन्स्टिच्युट अफ प्रोफेसनल प्राक्टिसको कार्यालय स्ट्राथाममा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य सहभागी भए पनि  ३८ जनाले मात्र रक्तदान गरेका थिए ।

हरेक वर्ष किरात राईहरुको महान चाड साकेलाको उपलक्ष्यमा गरिने रक्तदान यो वर्ष अमेरिकी रेडक्रसको व्यस्तताका कारण अन्तर्राष्ट्रिय मुटु दिवसमा गरिएको थियो । रक्तदानमा स्थानीय अमेरिकी नागरिकसँगै नेपालीहरुको पनि सहभागिता रहेका थियो । रक्तदान कार्यक्रममा गैरआवासीय नेपाली संघ, न्यु ह्याम्पसायर नेपाली समाज, न्यु ह्याम्पसायर गुरुङ समाज, नेपाल आदिवासी जनजाति महासंघ ह्याम्पसायर च्याप्टर, बुद्ध समाज ह्याम्पसायर च्याप्टर, अन्तर्राष्ट्रिय साहित्य समाज न्यू ह्याम्पसायर च्याप्टर, नेपाली जनसम्पर्क समिति न्यू ह्याम्पसायर च्याप्टर, नेपाली संघीय समाज न्यू ह्याम्पसायर च्याप्टरलगायतको सहभागिता थियो ।

रक्तदानका लागि न्यु ह्याम्पसायरको सी कोस्ट, कंकर्ड, हुक्सेट, म्यानचेस्टर, नास्वालगायत म्यासाचुसेट्स, बोस्टन, न्यूयोर्क राज्यबाट समेत रक्तदाताहरु आएका थिए ।

अर्गनाइजेसनका न्यु इङ्ल्याण्ड सभापति मुक्तिनारायण राईले सहभागी सबैलाई धन्यवाद दिंदै आगामी दिनमा यस्तो मानवीय कार्यमा अझ सामूहिक रुपमा लाग्न सकियोस् भनी अनुरोध गरेका थिए । उनले आफूसम्बद्ध अर्गनाइजेसनलाई अमेरिकी समाजमा पनि परिचित गराउँदै लैजाने अभियानअन्तर्गत साकेलाको उपलक्ष्यमा हरेक वर्ष रक्तदान गरिने र उक्त सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी रेडक्रसलाई आभार व्यक्त गरे ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार