डिसीमा मनाइयो इन्द्र जात्रा

डिसीमा मनाइयो इन्द्र जात्रा

वासिङ्टन डिसी । अमेरिकामा रहेका नेवार समुदायले येन्या पुन्ही (इन्द्रजात्रा) डिसीमा भव्यसाथ मनाइएको छ । कार्यक्रममा कुमारीसहितको रथयात्रासमेत निकालिएको थियो । नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए)द्वारा आयोजित इन्द्र जात्रामा १० अवतारसहित पहिलो पटक कुमारीको रथयात्रा सम्पन्न गरिएको हो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले नेपाल बाहिर रहे तापनि आफ्नो भाषा, कला, संस्कृति तथा परम्परालाई जगेर्ना गर्न अहम् भूमिका निर्वाह गरेकोमा एनओएको प्रशंसा गरे ।

कार्यक्रममा कुमारी जात्राको सुरुवातसम्बन्धी नाटक प्रस्तुत गरिएको थियो । नेपालमा जस्तै लाखेनाच तथा पुलुकिसी (सेतो हात्ती)को नृत्य प्रस्तुत गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष पुष्कर प्रजापतिले सहभागीहरुलाई धन्यवाद तथा स्वागत गरेका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार