तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनमा पुनः उत्तर लामा

तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनमा पुनः उत्तर लामा

वासिङ्टन डिसी । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनमा पुनः उत्तर लामा दोङको नेतृत्व पाएको छ । गत सेप्टेम्बर ३०, आइतबार सम्पन्न संस्थाको साधारणसभा तथा अधिवेशनले दोङलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । साथै, उनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिसमेत चयन गरिएको छ ।

नयाँ कार्यसमितिमा फाउदा लामा (उपाध्यक्ष), हेमकला घिसिङ (सचिव), नानीदेवी लामा (कोषाध्यक्ष), आमोद घिसिङ (सहसचिव), पेम याङ तामाङ (सहकोषाध्यक्ष)मा निर्वाचित भएका छन् । त्यसैगरी पेमा लामा दोङ (प्राविधिक अधिकृत), ईश्वरजंग तामाङ (जनसम्पर्क अधिकृत) चयन गरिएको छ ।

त्यस्तै, अधिवेशनले सन्तोष लामा घिसिङ, भीम तामाङ, गोरे लामा, दावा तामाङ, दावा तामाङ पाख्रिन, मेज कार्टर, सुर्य थोकर तामाङ र आनन्दु लामा थिङ (पदेन) गरी आठ जना बोर्ड अफ डिरेक्टमा चयन गरेको छ ।

अधिवेशनले संस्थाको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधानसमेत संशोधन गरेको छ । अक्टोबर ७, आइतबार निर्वाचित पदाधिकारीहरुलाई वयोवृद्ध सदस्य रत्नबहादुर तामाङ (घिसिङ) तथा संस्थापक उपाध्यक्ष डिगबहादुर तामाङको आतिथ्यमा पूर्वअध्यक्ष आनन्दु लामा तथा प्रमुख निर्वाचन आयुक्त चन्द्र लामाद्वारा संयुक्तरुपमा प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार