न्यूयोर्क च्याप्टरले मनाए एनआरएन डे

न्यूयोर्क च्याप्टरले मनाए एनआरएन डे

न्यूयोर्क । एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टरले गएको न्यूयोर्कमा एनआरएन डे मनाएको छ । च्याप्टरले विविध सांस्कृतिक कार्यक्रमका साथ शनिबार भव्यरुपमा एनआरएन डे मनाएको हो ।

न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्य दूत कृसु क्षेत्री सहभागी भएका थिए । त्यसैगरी न्यूयोर्क सिटीका निर्वाचित पदाधिकारीहरुलाई पनि विशेष अतिथिका रुपमा कार्यक्रममा आमन्त्रण गरिएको थियो । कार्यक्रममा काउन्सिल म्यान कोस्टा, एसेम्बली म्यान ब्राइन ब्राइनवेल, पूर्व काउन्सिल वुमन एलिजेवद क्राउली सहभागी भएका थिए । उनीहरुले नेपाली समुदायसँग सहकार्य गरी सिटीेका सेवासुविधा नेपाली समुदायलाई उपलब्ध गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएन अमेरिकाका महासचिव बीआर लामा, कानून व्यवसायी खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति पूर्वसंयोजक विष्णु सुवेदी, प्रवासी नेपाली मञ्च अमेरिकाका उपमहासचिव कृष्ण लामिछाने, रिजउड नेपाली समाजका सचिव भुवन अधिकारी, लङ आइल्याण्ड नेपाली समाजका अध्यक्ष टीका ढकाल, फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट र एनआरएन आईसीसी सदस्य बन्दना कोइराला लगायतले एनआरएनको उद्देश्य र आगामी नीतिका बारे चर्चा गरेका थिए ।

कार्यक्रमका क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । न्यूयोर्क च्याप्टरले लङ आइल्याण्ड नेपाली समाज, रिजउड नेपाली समाज, फिप्ना, अधिकार, किराँत राई एसोसिएसन र बलेवा समाजलाई सम्मान गरेको छ । त्यस्तै, अर्जुन मैनाली, डा. हरि दाहाल, कञ्चन बस्नेत, गोपाल गुरुङ, बेगम पण्डित, प्रेमकुमार राई, चन्द्र जिसी र कुलप्रसाद गौली पनि सम्मानित भएका छन् ।

त्यसैगरी न्यूयोर्क च्याप्टरले नेजाका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा, शैलेस श्रेष्ठ, अङ्कुर लुइँटेल, दीपक परियार, राजन थपलिया, यादव बास्तोला, प्रभात सापकोटा, दुर्गेस कार्की, तेम्बा शेर्पा, पुुनम रानामगर, विनोद थापा, पच्छे गुरुङ, अच्युत सिग्देल, अन्जन श्रेष्ठलगायत २३ जनालाई सम्मान गरेको छ ।

सामूहिक नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन च्याप्टर महासचिव महेश मल्लले गरेका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार