आइतवार लायन्सको आँखा परिक्षण शिविर

आइतवार लायन्सको आँखा परिक्षण शिविर
विश्व न्यूज संवाददाता
अर्विङ ।
 टेक्ससको डलासमा रहेको डलास एभरेष्ट लायन्स क्लबले आउँदा आइतबार सेवाका विविध कार्यक्रम गर्ने भएको छ ।
क्लबले नि:शुल्क आँखा परिक्षण शिविर देखि सिटी अफ अर्विङले सुरु गरेको क्लिन सिटी अभियानमा सहकार्य गर्दै सरसफाइ कार्यक्रम समेत गर्ने जनाएको छ । सोही दिन गत शनिवार गरिएको स्वास्थ्य शिविरका सेवाग्राहीहरुलाई फलोअप परिक्षणको व्यवस्था मिलाइएको क्लबले जनाएको छ । 
साथैं सोही दिन डलास एभरेष्ट लियो क्लबले फन्ड राइजिङ कार्यक्रम अन्तर्गत कार वासको आयोजना गरेको क्लबले जनाएको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार