स्टिल प्लान्टमा ब्लास्ट, ८ जनाको मृत्यु

स्टिल प्लान्टमा ब्लास्ट, ८ जनाको मृत्यु
 
एजेन्सी। भारतको छत्तिसगढमा स्टिल प्लान्टमा ब्लास्ट भएको छ । घटनामा परी ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक दर्जन भन्दा बढी मानिस घाइतै भएका छन् ।
 
सञ्चारमाध्यमका अनुसार स्टिल प्लान्टमा ग्यास पाइपलाईन बिस्पौट भएको हो । स्टिल प्लान्टभित्र काम भइरहेका अवस्थामा ग्यास बिस्फोट भएको हो । एक्कासी भएको बिस्फोटका कारण धेरै मानिसहरु भाग्न पाएनन् । घाइतेहरुको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना भएको केही समयपछि प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार