नेपाली भाषालाई समावेश गर्न टेक्सस राज्य सेक्रेटरी समक्ष एनआरएनएको अनुरोध

नेपाली भाषालाई समावेश गर्न टेक्सस राज्य सेक्रेटरी समक्ष एनआरएनएको अनुरोध
विश्व न्यूज संवाददाता
अर्विङ । 
टेक्सस राज्यका सरकारी निकायहरुमा नेपाली भाषा अनुवादकको व्यवस्था गर्न टेक्सस राज्य सरकारसमक्ष गैर आवासीय नेपालीहरुले अनुरोध गरेका छन् । भाषाको समस्याले गर्दा सरकारी सेवा लिन र सरकारी निकायहरुमा पहुँच पुऱ्याउन असहज हुने गरेको उल्लेख गर्दै नेपाली समुदायका तर्फवाट गैर आवासी नेपाली संघ टेक्सस च्याप्टरले  टेक्सस राज्य सरकारसमक्ष भाषा अनुवादकको व्यवस्था गर्न अनुरोध गरेको हो ।
 नेपाली भाषामा समेत सरकारी निकायहरुले प्रकाशन गर्ने सामाग्रीहरु प्रकाशन गरिदिन समेत अनुरोध गर्दै मंगलवार टेक्सस राज्यका सेक्रेटरी रेनाल्डो बी पेवोलशलाई भेटी एनआरएनएको टोलीले अनुरोध पत्र वुझाएको छ ।
भाषाको समस्याका कारण कतिपय सरकारी सुविधाबाट समेत नेपाली समुदाय बञ्चित भएकाले यसलाई यथाशक्य छिटो सम्वोधन गर्न टोलीले सेक्रेटरी रेनाल्डो समक्ष आग्रह समेत गरेको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलद्धारा हस्ताक्षरित अनुरोध पत्रमा जनाइएको छ ।
केही समय देखि चालक अनुमती पत्रको लिखित परिक्षा समेत नेपाली भाषा दिन पाउने गरी व्यवस्था गर्नका लागि यहाको नेपाली समुदायको अगुवाहरु लागिरहेका छन् ।
अमेरिकामा झण्डैं ४ लाख नेपाली र टेक्सस राज्यमा झण्डैं १ लाख नेपाली भाषी रहेको बताइन्छ । टेक्सस डलास फोर्टवर्थ, ह्युष्टन, अस्टिन, सानआन्टिनियो, वाको, लवक,टेक्सरकाना लगायतका ठाउमा नेपालीको उपस्थिति बाक्लो रहेको छ ।   
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार