मिचिगन रातोलाई भलिवल प्रतियोगिताको उपाधि

मिचिगन रातोलाई भलिवल प्रतियोगिताको उपाधि
विश्व न्यूज संवाददाता
मिचिगन । 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका मिचिगन राज्य च्याप्टरले एनआरएन डे को अवसर पारेर अन्तर समुह खुला मिचिगन नेपाली भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । 
अक्टुवर ६ र ७ मा सम्पन्न भलिवल प्रतियोगिताको  उपाधि मिचिगन भलिवल समूह रातोले जितेको छ । उपाधि जित्ने क्रममा मिचिगन रातोले इलिनोइनस राज्यको शिकागोमा रहेको हिमालयन  यती भलिवल समूहलाई सोझो २–० को सेटमा हराएको थियो । 
उपाधि सँगैं मिचिगन रातोले नगद १५ सय डलर र उपविजयी हिमालयन यतीले १ हजार डलर हात पारेको छ । प्रतियोगितामा उपाधि विजेता टिमका अशोक अर्याल प्लेयर अफ द टुर्नामेन्ट घोषित भए र उनले नगद ३ सय डलर प्राप्त गरेका थिए । 
प्रतियोगितामा मिचिगन, इलिनोइस,ओहियो र विष्कोन्सिन राज्यका ६ भलिवल समूहको सहभागिता रहेको थियो । 
प्रतियोगितामा सहभागि रहेका टिम मेडिसन, विस्कोन्सिन,हिमालयन यति शिकागो, राइनो क्लब शिकागो, टिम टोलेडो ओहियो,मिचिगन रातो र मिचिगन निलो मध्ये मिचिगन रातो, हिमालयन यती, राइनो शिकागो र टिम मेडिसिन सेमिफाइनलमा प्रवेश गरेका थिए । 
मिचिगनको डेट्रोइट क्षेत्रमा रहेको कोरियन प्रेसवाइटेरियन चर्च परिसरमा गरिएको प्रतियोगितालाई सफल पार्न स्थानीय राज प्यालेस रेष्टुरेण्ट, डमकिन दोनट (राजु अधिकारी), मधुकर रजौरे(मधु), शरणवादे श्रेष्ठ,अमृत भट्टराई,मोहन पौडेल, राम प्रसाद वस्याल,घनश्याम पाण्डे, दिलिप केसी,डा.हेम रेग्मी, पुण्य पराजुली, रामकृष्ण भट्ट, सन्तोष सुवेदी,नारायण भट्ट,प्रकाश भट्टराई,प्रदिप रिसाल,धर्म भट्टराई,रोशन अधिकारी,विषुु भण्डारी,लभ गोर्खाली,अमुल गोर्खाली,सुदर्शन केसी, थानेश्वर भट्टराई, चादनी सुवाल लगायतले  सहयोग गरेको आयोजक एनआरएनए मिचिगन राज्य च्याप्टरले जनाएको छ । 
विगतमा समेत हुदैं आएको भलिवल प्रतियोगितालाई यसपटक अलि फरक र फराकिलो ढंगले गर्ने र एनआरएनए डे को  अवसर पारेर गर्ने एनआरएनए च्याप्टरको निर्णय अनुरुप आयोजित प्रतियोगितालाई सफल पार्न एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी, आइसिसीका सल्लाहकार हरीबोल भण्डारी,अमेरिकाका अध्यक्ष डा. केशव पौडेल , वरिष्ठ उपाध्यक्ष सुनील शाह, बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराई, इलिनोइस राज्य च्याप्टरका अध्यक्ष सत्यनारायण चौधरी, ओरेगन च्याप्टर अध्यक्ष दिवाकर महर्जन, पुरुषोत्तम बोहोरा लगायतले समेत सहयोग रहेको च्याप्टरले उल्लेख गरेको छ । 
निरज कार्की,तुल्सी शिवाकोटी, दिपेन्द्र ढकाल र विजय अधिकारीले व्यवस्थापकीय भूमिका निभाएको प्रतियोगितामा विजय गिरी,प्रेम भण्डारी, दिपेन्द्र प्रजापती,मोहन ढकाल, लोचन श्रेष्ठ,वद्री ढकाल, आमोद ढकाल, सुरज आचार्य, जगत ज्योति घिमिरे, सरोज ढकाल, केशव पोखरेल, माधव अर्याल, इशा कार्की, प्रतिभा अधिकारी, गिता आचार्य, वर्षा प्रजापती लगायतको समेत सक्रिय सहभागिता रहेको थियो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार