नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित

 नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित
 
 
काठमाडौँ, असोज २४  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् ।  शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार