आठ संवैधानिक निकायका ४० पदका लागि ५३५ को दाबी

आठ संवैधानिक निकायका ४० पदका लागि ५३५ को दाबी

काठमाडौँ, असोज २४  । संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

गत भदौ पाँच गते संवैधानिक परिषद् सचिवालयले संवैधानिक परिषद् (कार्यविधि) नियमावली २०६८ बमोजिम सूचना प्रकाशित गरी आठवटा विभिन्न संवैधानिक निकायको पदाधिकारीमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो । सात दिनको म्याद दिएर जारी गरिएको सो सूचनाबमोजिम आठवटा संवैधानिक निकायका ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको हो ।

संविधानले १३ वटा संवैधानिक निकायको व्यवस्था गरेको छ ।  संवैधानिक परिषद् सचिवालयले हाल रिक्त आठवटा संवैधानिक निकायमा नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिहरूबाट दरखास्त मागेको  अाजकाे नागरिक दैनिकमा खबर छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार