काठमाडौँ क्षेत्र नम्बर–७ बाट बामदेव उम्मेदवार नबन्ने प्रचण्डको संकेत

काठमाडौँ क्षेत्र नम्बर–७ बाट बामदेव उम्मेदवार नबन्ने प्रचण्डको संकेत
 
काठमाडौँ, असोज २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हचुवाका भरमा पार्टीले काठमाडौँ क्षेत्र नम्बर–७ मा उपनिर्वाचन नगर्ने बताएका छन् । सो क्षेत्रबाट रामवीर मानन्धरले छाड्ने र उपनिर्वाचनमा नेकपाका बामदेव गौतम उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला प्रचण्डले यसो भनेका हुन् ।  
 ताप्लेजुङका सांसद योगश भट्टराई र पाथिभरा क्षेत्र विकास समितिले संयुत्तः रुपमा आयोजना गरेको पाथिभरा सद्भावना दूत प्रमाणपत्र वितरण तथा नेपालीहरुका महान चार्डपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ्संविधानले नै गरेको व्यवस्था अनुसार गरिएको निर्वाचनमा देश विकासलाई अघि बढाउने नीति लिएको पार्टीले नै बहुमत प्राप्त गरेकोले अब देशलाई समृद्ध बनाउने काममा वर्तमान सरकार लागि परेको बताए ।  
 
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले सरकारका अगाडि राजनीतिक गतिविधिभन्दा पनि विकास निर्माणका काम प्राथमिकतामा रहेको बताए । आफूले मन्त्रालय सम्हालेपछि नेपाल आउने पर्यटकको संख्या बढेको भन्दै उनले पर्यटन क्षेत्रबाट रोजगारीको सिर्जना पनि भएको उल्लेख गरे ।  त्यस्तै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगश भट्टराईले सरकार र नेपालमा राजनीति गर्ने पार्टीहरुले जनतालाई उत्साहित हुने गरी काम गर्ने अपेक्षा गरिएको बताए । पार्टीले जनताप्रति जवाफदेही भएर चल्नुपर्नेभन्दै उनले पार्टी बिग्रिए नेपालीको भविष्य समाप्त हुने बताए ।  
त्यसो त नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि बहुमतप्राप्त नेकपा नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउने बताए । उनले कुनै बाहनामा सरकारका काम पछि पर्न नहुने स्पष्ट पारे ।  
कांग्रेस नेता कोइरालाले आफूसँगै नेकपा अध्यक्ष प्रचण्ड पाथिभरा जाँदा गरेको कुराको स्मरण गर्दै पाथिराकै शक्तिले नेकपा अग्रस्थानमा आएको हुनसक्ने बताए । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार