ग्रेटर बोष्टन कम्युनिटीमा नयाँ कार्यसमिति, अध्यक्षमा कुँवर

ग्रेटर बोष्टन कम्युनिटीमा नयाँ कार्यसमिति, अध्यक्षमा कुँवर
विश्व न्यूज संवाददाता
बोष्टन । 
अमेरिकाको उत्तरपूर्वी राज्य म्यासाच्युसेट्सको बोष्टन क्षेत्रमा सक्रिय नेपाली संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटीमा अर्जुनजंग कुँवरको नेतृत्वमा ३३ सदस्यीय नया कार्यसमिति चयन भएको छ । 
चयन कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश पाण्डे, उपाध्यक्षमा मिलन कुमार कार्की,जाल प्रसाद घिमिरे र आजाद प्रधान (महिला उपाध्यक्ष), महासचिवमा राजकुमार थापा, सचिवमा परशुराम फुयाँल, कोषाध्यक्षमा चिरञ्जीवी आचार्य कोषाध्यक्ष र सहकोषाध्यक्षमा घानी न्यौपाने रहेका छन् । 
गत अक्टुवर ८ मा  विष्णुमणी आचार्य (निर्वतमान अध्यक्ष) अध्यक्षता र एसियन अमेरिकन कमनवेल्थ अफ म्यासाच्युसेट्सका कमिसनर प्रल्हाद केसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा अधिवेशनवाट चयन कार्यसमितिको शपथग्रहण तथा पदभारग्रहण समेत सम्पन्न भएको छ । 
परशुराम फुयालको संचालनमा भएको कार्यक्रममा पशुपति बुद्ध फाउन्डेशन बोष्टनका अध्यक्ष मिलन गुरुग, एनआरएनएका बोर्ड अफ डाइरेक्टर तृष्णा काफ्ले शर्मा, एनआरएनए म्यासाच्युसेट्सका अध्यक्ष विष्णु कार्की, हिमालयन लायन्स क्लबका अध्यक्ष राम थापा , बोष्टन तमु समाजका अध्यक्ष मिन गुरुङ,  वोष्टन तामाङ समाजका अध्यक्ष मनिक लामा, बोष्टन गुरुङ समाजका अध्यक्ष भक्त गुरुङ, बोष्टन शेर्पा समाजका काजी शेर्पा, बोष्टन राइ समाजका मुक्ती नारायण राई, बोष्टन मगर समाजका सूर्य थापा, नेपलिज ग्लोवल वेमन नेटवर्ककी रुकमिणी कार्की , अन्तराष्टिय नेपाली साहित्य समाज बोष्टनका अध्यक्ष लालगोपाल सुवेदी, संस्थाका पूर्व अध्यक्ष धुव्र घिमिरे, सल्लाहकारहरु विजय शर्मा, महेश्वर पन्त, राजेन्द्र शेरचन, अच्युत अधिकारी, डा. उषा शर्मा लगायतको सहभागिता रहेको थियो । 
निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि के.सी., नवार्चन समितिका भुवन गुरुङ, विरोचन नेपाल, शुशिल पौडेल लगायतले टिका तथा प्रमापत्र प्रदान गरेका थिए ।  ग्रेटर बोष्टन नेपाली कम्युनिटी १९८९ मा खुलेको हो । बोष्टन आसपास १० देखि १२ हजार नेपालीको वसोवास रहेको  बताइन्छ । 
सौजन्य यी तस्बिरहरु शान प्रधानको फेसबुक वालवाट लिइएको हो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार