प्रधानमन्त्रीसँग मिल्यो अख्तियार प्रमुखको लय, भ्रष्चारीलाई नछाड्ने चेतावनी

 प्रधानमन्त्रीसँग मिल्यो अख्तियार प्रमुखको लय, भ्रष्चारीलाई नछाड्ने चेतावनी
 
पोखरा, असोज २६  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् । 
 
सुशासनका लागि नागरिक समाज कास्कीले आयोजना गरेको कार्यक्रममा भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताए । 
 
आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताए ।  
राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिए ।  
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचारीलाई नछाड्ने बताउँदै आएका छन् ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार