जगडोल युवा क्लबको चङ्गाचेट प्रतियोगिता सम्पन्न

जगडोल युवा क्लबको चङ्गाचेट प्रतियोगिता सम्पन्न
तस्वीर– कपन अनलाइन डटकम

काठमाडौं । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर जगडोल युवा क्लबले चङ्गाचेट कार्यक्रम भव्यसाथ सम्पन्न गरेको छ । क्लबले बुढानिलकण्ठ नपा–११ स्थित जगडोलको चनडाँडा झण्डापार्कमा शनिबार चङ्गाचेट प्रतियोगिताका साथै फुड फेस्टिभल र सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । चङ्गाचेट कार्यक्रममा ४५ जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिए ।

दिउँसो १ बजेबाट शुरु भएको चङ्गाचेट प्रतियोगितामा सहभागीहरुले रु. १ हजार शुल्क बुझाएका थिए । संयोजक अंगुर पौडेलले दशैंमा चङ्गा उडाउने संस्कृतिलाई जोगाइराख्न कार्यक्रमको आयोजना गरेको बताए । उनका अनुसार चङ्गा उडाउने परम्परालाई थाती राख्न चङ्गाचेट प्रतियोगिता आयोजना गरेका हौं ।

चङ्गाचेट प्रतियोगितामा राजकुमार घिमिरे पहिलो भएका छन् । प्रतियोगितामा कुञ्जन श्रेष्ठ दोस्रो तथा रोशन खड्का भएका छन् । विजयी प्रतियोगीहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः खसी, बोका र कुखुरा भाले उपहार प्राप्त गरेका छन् । त्यस्तै, उत्कृष्ट उडान गरेवापत गणेश गुरागाईंले उपहारस्वरुप एक कार्टुन सानमिगेल बियर प्राप्त गरेका छन् ।

त्यसैगरी चङ्गाचेट प्रतियोगितापछि सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । साँझसम्म चलेको सांस्कृतिक कार्यक्रममा द वूस, स्वतन्त्र ब्याण्ड, फूलिस्टप र द एडापटर्स गरी चार ब्याण्डले आ–आफ्नो प्रस्तुति दिएका थिए । क्लबका अध्यक्ष कपिल पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमका लागि वडा र नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले समेत सहयोग गरेका थिए ।

जगडोल रेसिडेन्ट ग्रूपले स्वयंसेवीको भूमिका निभाएको सो प्रतियोगिताको निर्णायकमा रुपक पौडेल, सञ्जय पौडेल, प्रकाशमणि पौडेल, कुमार खड्का, जनजित केसी, अङ्गुर पौडेल, सन्तोष पौडेल रहेका थिए । कार्यक्रममा बुढानिलकण्ठ नपा–११ का वडाध्यक्ष राजु अधिकारी, वडासदस्य राजेन्द्र श्रेष्ठ र चन्द्रमान श्रेष्ठ, नेकपाका नेता सुन्दर पुर्कुटी, समाजसेवी आत्माराम पौडेल, ठाकुरप्रसाद पौडेल, कासीनाथ पौडेल लगायतको उपस्थिति थियो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा