विष्फोटमा १२ जना मारिए

विष्फोटमा १२ जना मारिए

अफगानिस्तान । चुनावी ¥यालीमा भएको बम विस्फोटमा १२ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

अफगानिस्तानको ताखर राज्यको रुस्ताक जिल्लामा भइरहेको चुनावी ¥यालीमा विस्फोट गराइँदा सर्वसाधारण र सुरक्षाकर्मीसहित १२ जनाको मृत्यु भएको हो । राज्यका प्रवक्ता अहमद जवाद हिज्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

यस्तै, राज्यका प्रहरी प्रवक्ता खलील असेरका अनुसार, ¥याली नजिकै पार्क गरिराखेको मोटरसाइकलमा विस्फोटक पदार्थ रहेको थियो । अफगानिस्तानमा अक्टोबर २० मा हुन लागेको निर्वाचन बिथोल्ने उद्देश्यले पछिल्लो समय तालिवान समूहले बम विस्फोटका घटनालाई तीव्रता दिइएको छ ।

 

 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा