उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सरकारबारे यस्तो टिप्पणी

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सरकारबारे यस्तो टिप्पणी
 
काठमाडौं, असोज २८  । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले म्याग्दीको गुर्जा हिमाल आरोहणका क्रममा ८ आरोहीको मृत्यु भएकोदेखि  कांग्रेस नेता चक्र बास्तोलाको निधन भएकोसम्मलाई समाचार बनाएका छन् ।   
धेरै दैनिक पत्रिकाले पहिलो पृष्ठमै प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकैदिन ४६ अर्ब कारोबार भएको, १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएकोलगायत खबर छापेका छन् ।
 
 
हिम आँधीले ९ को मृत्यु भएको समाचार छापेको कान्तिपुरले प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरी विधेयक शनिबार पारित भएको लेखेको छ । संविधान र संघीय कानूनसँग बाझिएकाले ४ महिनादेखि विचाराधीन विधेयक नेकपाको असहमतिबीच दुई पटक बैठक डाकेर नियम निलम्बन गर्दै पारित गरिएको हो ।
 
नागरिकले ‘रहेनन व्यावसायिक पत्रकारिताका धरोहर’ शीर्षक दिएर नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनबारे ब्यानर समाचार छापेको छ । गुर्जा हिमाल आरोहणका क्रममा ८ नेपालीको मृत्यु भएको र कांग्रेस नेता चक्र बास्तोलाको निधनलाई पनि नागरिकले पहिलो पृष्ठमा नै समेटेको छ ।
 
अन्नपूर्णमा प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकै दिन ४६ अर्ब कारोबार भएकोलगायत समाचार छन् ।
 
अन्नपूर्णकै भित्री पृष्ठमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारबारे गरेको टिप्पणी पनि छ ।
 
समाचार अनुसार, पोखरेलले तीनै तहका सरकारबीच लय मिल्न नसक्दा काम प्रभावकारी हुन नसकेको बताएका छन् ।
 
विजयादशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पोखरेलले भने– तीनै तहमा नेकपाको बलियो सरकार छ, शब्द र संगीतका हिसाबले मिलेकै छ । तर लय मिलाउन नसक्दा काम प्रभावकारी बन्न सकिरहेको छैन । त्यो पनि मिलाउँदै छौं ।’
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा