सिके राउतका तीन कार्यकर्ता पक्राउ

सिके राउतका तीन कार्यकर्ता पक्राउ
 
 
धनुषा, असोज २८  । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले  पक्राउ गरेको छ । 
 
पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । 
 
कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।  
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा