कमला शाक्यको सम्मानमा वाक फर नेपाल

कमला शाक्यको सम्मानमा वाक फर नेपाल
विश्व न्यूज संवाददाता
अर्विङ(टेक्सस) । 
नेपालमा विभिन्न सामाजिक सेवाको क्षेत्रमा केही वर्ष नविन प्रयोग मार्फत सहयोग संकलन गरी सहयोग गर्दै आएको वाक फर नेपालले कमला शाक्य फाउण्डेशन मार्फत यो वर्ष नेपालमा सहयोग गर्ने भएको छ । 
गत वर्ष दिवंगत भएकि समुदायकी सम्मानित व्यक्तित्व कमला शाक्य संस्थाकी समेत अभिभावक जस्तैं रहेकाले उहाको स्मृतिमा खोलिएको संस्थामार्फत नेपालमा सहयोग गर्न  वाक फर नेपाल २०१८ गर्त लागिएको संस्थाका सुमन कार्कीले जानकारी दिए । 
आउँदो नोमेम्वर १७ का दिन हुने वाक फर नेपाल कार्यक्रमवाट संकलित रकम फाउन्डेशनलाई उपलब्ध गराउने बताउदैं कार्कीले जतिसंकलन हुन्छ त्यसमा अन्य रकम फाउन्डेशनले थपगरी धुलिखेल अस्पतालमा मेमोग्राम मेशिन सहयोग गर्ने लक्ष्य राखिएको सुनाए । एनालग मेमोग्रामलाई ४० लाख र डिजिटललाई १ करोड सम्म पर्ने भएकाले यसपटक आफुहरुले एनालगमा नैं फोकस गरेको बताउदैं फाउण्डेशनका समेत सदस्य रहेका कार्कीले वाक फर नेपालवाट २५ हजार डलर संकलन हुने अपेक्षा गरिएको बताए । 
 
नेपालको झण्डासहीत नेपालको पहिचान झल्कने गरी वाक गर्दै २०१२ देखि संस्थाले यो कार्यक्रम गर्दै आएको छ । भुकम्प गएको वर्ष २०१५ वाहेक हरेक वर्ष यो कार्यक्रम गरिएको र अहिलेसम्म १ लाख २० हजार डलर सहयोग नेपालका विभिन्न क्षेत्रमा सहयोग गरिएको कार्कीले जनाए । 
हामीले एकदमैं आवश्यक भएको क्षेत्रमा सहयोग गर्छौ, काम गर्ने क्षेत्र हेरेर सहयोग गर्छौ , र त्यो सहयोग प्रति हामीले चासो पनि लिइरहेका हुन्छौं । कार्कीले भने सहयोग भनेको सहयोग आवश्यकले पाउनुपर्छ भन्ने नैं हाम्रो धेय रहन्छ । 
यो संस्थाले जतिरकम उठेको हुन्छ, त्यति नैं रकमपठाउने गर्छ । उनले थपे अन्य कार्यक्रम खर्च हामी अरु तरिकाले जुटाउछौं । सहयोग गर्न दिएको रकमको एक डलर पनि हामी अन्य प्रयोजनमा खर्च गर्दैनौं । 
नेपाली समुदायमा ठूलो गुन लगाउनुभएकि कमला शाक्यप्रतिको हाम्रो सम्मान पनि रहेको छ, र उहाको नाममा खोलिएको संस्थाले अहिले नेपालमा सहयोग गरिरहेको छ, त्यसमा केही गरौं भन्ने हाम्रो लक्ष्य हो । कार्कीले भने हामीलाई विश्वास छ धेरैंको सहभागिता कार्यक्रममा हुनेछ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा