कथा: चुन्कीको अन्तिम दशैं

 
 
 
लक्ष्मण वियोगी
 
 
 
विनय एक्कासि झस्क्यो । एक अगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैं भयो । तिर्मिराएका आँखा तन्कायो । उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई ।
 
चुन्कीका बदामी ओाठ खुले– दशौ माने आइलो मलिक्वा ?
 
चुन्कीले मालिक भनेर बोलाइ। ऊ अधेरो भयो । खासमा विनय चुन्कीको मालिकै हो । तर, गाउँकाले भने पनि चुन्कीले नामै काढेर बोलाओस् भन्ने चाहन्थ्यो ऊ । किनकि, ऊ विनयको ढुकढुकीमा बसेकी थिई ।
 
विनय झोक्कियो– कत्रा कहनु महिन् मलिक्वा नै कहिस कैके। तोर कन्पट्टिम् नाइ घुसठ?
 
विनयको बोली नखस्दै चुन्कीले उत्तर फकाई– का कहूा तो मोर थारु (लोग्ने)? ऊ हाास्दै जंगलतिर भागी।
 
विनय पछ्याउँदै गयो ।ऊ झाडीमा लुक्न खोजी, र, विनयले आफ्नो बलिया पञ्जाले च्याप्पै समात्यो । ‘अब् मै तुहिन नाइछोडम, छिल्लाइल बठनिया (मात्तेकी तरुनी)।’ चुन्कीका गाला राता न राता भए, रगत बग्लान्जस्तै । उसले माथि हेर्न सकिन, आँखा बन्द गरी र थुचुक्क भुईमा बसी ।
 
विनयले केर्न छोडेन– तलाई काली । अब् तो तुहिन बिन जन्नी (श्रीमती) बनाके छोड्बे नाइकरम् ।
 
चुन्कीले बिन्ती गरी– नाई बाबा अब् नाई कहम जाट्टिसे । माफी मागटा प्लिज।
 
विनयले उसका पाखुराबाट आफ्ना बाघे पञ्जा हटायो । उसले लामो सास फेरी ।
 
चुन्कीले एकोहोरो विनयको गाठिलो शरीर नियालिरही– कहिले हिड्नु भो त काठमान्डुबाट ?
 
विनय जिस्क्यो– पोहोर साल ।
 
ऊ खिन्न भई ।
 
धमिलो अनुहार देखेर विनय बोल्यो– ए नरिसा न हिजो नाइटमा हिडेको के  घुर्क्याइ– आफू भने मजा गर्नुहुन्छ । मैले बोल्यो भने‘.
 
‘काली नरिसा  न ल सरी । 
ऊ अनारदाना दाात देखाएर खितिति हाँसी ।
 
विनयले भन्यो– म साँझ जााड खान आउँछु । मीठो बनाएर राख है काली ।
 
‘पिबो आप्ने जार ? काठमान्डु बैठलेक मनै जार पिठइा ?’ चुन्कीले यति नभन्दै ऊ चार घर पर पुगेको थियो ।
 
 
यसपालि गाउँको रौनक फेरिएछ । गमक्क गाउँको वनको किनार सुकुम्बासी बस्तीले भरिएछ । त्यहाँ झन्डै सय घर मुक्तकमैयाका झुप्रा थिए । कुनै ठूला त कुनै साना, तर समग्रमा हरेकका झुप्राबाट अभाव र गरिबीको धुवाँ उडिरहेको थियो ।
 
गाउामा कमैया राखेर कजाउने धङधङी हटेको छैन। कजाउने र कजिने चर्खे पिङको अवशेष केही ठाउँमा अझै देख्न सकिन्छ ।
 
सुकुम्बासी टोल दसौ भित्र्याउन एकजुट थियो । कोही घरको भित्ता पोतिरहेका त कोही खाल्डोमा माटो मुछिरहेका थिए। पर खुला चौरमा केटाकेटी हल्ला गर्दै थिए ।
 
केटाकेटीको हूल चिच्यायो– ऊ हेरो छोट्का मालिक आइगिनै ।
 
हूलले विनयलाई घेर्‍यो । उसले झोलाबाट चक्लेटको प्याकेट निकाल्यो र बााडिदियो। केटाकेटी खुसीले उप्रिा्कदै फेरि चिच्याए– छोट्का मालिक आइगिनै । यी हेरो हामा्रे तो चक्लेट पाइली ।
 
ऊ हरेक वर्ष गाउँ आउादा छुट्टै रौनक छाउाछ। आज पनि उसको आगमन र दसैं उस्तै लागेको छ, यो बस्तीलाई । खुसीको तोरन टाागिएको छ, फूलको डोली लिएर दुइटा चाड एकैचोटि भित्रिएझै ।
 
जमिनदारको छोरो भए पनि विनयले कसैसाग झर्केर बोलेका छैन आजसम्म, र त गाउामा उसको आगमन कुनै चाडभन्दा कम हुन्न ।  साँच्चै ऊ गाउाका लागि माया गर्ने मन हो ।
 
 
बडाहाकिम राघवध्वज राणाले बोलीमा आगो ओकल्थे । यसैको रापमा कति थारु रैती जलेर खरानी पनि हुन्थे । राघवध्वजको यहाा दुई सय साठी बिघा जग्गा छ । पचास घर कमैया छन् । उनीहरू बाह्रै महिना खेतमा जोतिन्छन्। वर्षान्तमा दुईरचार क्विन्टल धान थापेर जीवन गुजार्छन् । पञ्चायतको बीउ मासिएपछि उनका खुर भाच्चिएझौ भएका छन्। तैपनि, पुरानै रापको धुवाा फ्यााक्न भने छोडेका छैनन् ।
 
राघवध्वजको एक्लो छोरो विनयलाई बाबुको सान र सम्पत्तिको मतलब थिएन। ऊ थारुका आागनमा गुच्चा र गुलीडन्डा खेलेर हुर्केको थियो । लट्टु नचाउन ऊ गाउँकै एक नम्बर थियो । फूलरामको घरभित्र छिरेर ऊ मुसाको मासु र घोगी खान्थ्यो ।
 
ऊ बाबुको आँखा छलेर गाउाका केटाकेटीसागै कुलामा माछा मार्न बल्छी हान्थ्यो । जाल थाप्थ्यो र खेतका बडेबडे आली भत्काएर मुसा मारेको खुब रहर मानेर हेर्थ्यो । कहिलेकाहीँ ऊ चुन्की, भुनियाा, कालुराम, धनिराम, हरिप्रसादसाग भौसी चराउन जंगल जान्थ्यो । जंगलमा उनीहरू वनमौरी काढ्न जोझाँ बनाउँथे ।
 
सबै मिलेर मह काढ्थे। चुन्की र भुनियााले सालको पातका टपरी गाास्थे। धनिराम बाल्टीबाट सबैका अघि राखिएको टपरीमा मह खन्याउाथ्यो । अनि गहुाको रोटीको पोको फुकाएर महसाग उनीहरू मिझ्नी (अर्नी) खान्थे ।
 
मिझ्नी खाादै धनिराम भुनियाालाई जिस्क्याउाथ्यो–
 
जंगल जानी साली अर्नी लानी खाजा
 
गटियाले मुख छुपी किन मान्छ्यौ लाज‘.
 
 
चुन्की विनयको घरमा कम्लहरी थिई। कम्लहरी भए पनि राघवध्वजले उसलाई स्कुल पढाएका थिए । विनय १० कक्षा पढ्दा ऊ ८ मा थिई । विनय चुन्कीलाई माया गरेर चिनियाा भन्थ्यो । ऊ मुस्कुराउँथी । विनयले राखेको नाम उसलाई सारै मन परेको थियो । ८ कक्षाको रजिस्ट्रेसन फाराम भर्दा चुन्की हटाएर उसले ‘चिनियाा चौधरी’ लेखाएकी थिई ।
 
विनय एसएलसी पासपछि पढन् काठमान्डु जाने भयो । त्यतिबेला ती दुवै एक्लाएक्लै खुब रोएका थिए ।
 
विनय फस्ट डिभिजनमा पास भएको थियो । त्यो दिन घरमा उसको अबिरजात्रा चल्यो। राघवध्वजले तीन वटा खसी काटेर भोज ख्वाए । देशी–विदेशी रक्सीको चुस्कीले राघवध्वजको घरमा उत्सव भित्र्याएको थियो । विस्तारै सााझ ओर्लिंदै थियो । पश्चिमतिर सालका रुखमाथि घामको पहोलो रेखी बााकी थियो । एक चरन सुइइ  य हावा चल्यो अनि आागनमा सााझ खस्यो ।
 
अचानक विनयलाई जोरो आयो। ऊ कोठामा गएर पल्ट्यो।
 
चुन्की कसैले नदेख्ने गरी विनयको कोठामा छिरी । उसले सोधी– का हुइगिल बाबु ?
 
‘केही भएको छैन । त जा म एकछिन सुत्छु ।’
 
चुन्कीले निधार छामी  निधार आगोको भुंग्रोजस्तै तातो थियो। ऊ आत्तिइ । तुरुन्तै जगमा पानी र सेतो रुमाल लिएर आई । उसले विनयको निधारमा पानीपट्टी गर्न थाली ।
 
भोज पातलिादै गयो। खाने–पिउनेको भीड निख्रिन थाल्यो। साढे ९ बज्दा घर सुनसान भइसकेको थियो। चुन्की विनयको कोठामै थिई ।
 
विन्देश्वरी विनयको कोठामा छिरिन्। त्यहाा चुन्की थिई । उनले भनिन्– त जा म बस्छ ु। उसले आज्ञा शिरोपर गरी । विनय मुवाहजुरसाग बोलेन । घोप्टो परेर सुतिरह्यो। उनी पनि नबोली बाहिरिइन् । केहीबेरमा फेरि चुन्की कोठामा छिरी । छामी, निधार सेलाएको थिएन ।
 
११ बजेसम्म पानीपट्टी गरिरही। सानैदेखि विनयलाई उसले यसरी नै स्याहारेकी हो । उमेरमा सानी भए पनि चुन्कीले जति विनयको हेरचाह अरूले गरेनन् । विनयको निधार केही सेलायो । ऊ चुन्कीतिर फर्क्यो ।
 
चुन्कीको श्यामलो मुहार, कम्मरसम्म झरेको कपाल र खिरिलो कम्मर हेरेर ऊ कहिल्यै अघाउादैनथ्यो। आज उसलाई चुन्कीको रूपले झन् लोभ्याएको छ।
 
विनयले सोध्यो– काली के भयो?
 
चुन्की सासले बोली– कुच्छु नाई ।
 
विनयले उसको टाउको समातेर उठायो। उसका आाखा बढैया ताल भएका थिए । पोखिएर बग्ने ठाउँ थिएन ।
 
विनयले कपाल मुसार्‍यो– काली मलाई केही हुन्न । सेवा गर्ने ता छादैछस् नि । ता हुँदासम्म म मर्दिन । पिर नमान् । बल्ल चुन्कीले टाउको उठाइ ।
 
विनय बोलिरह्यो– सुन् म त पर्सी काठमान्डु गइहाल्छु । म गएपछि तालाई गाली गर्ने कोही हुन्न । तेरो खुसी जहा जा, जे गर । तर, लेहागा लगाएर हुक्कई–हुक्कई नाचेर मात्र हुन्न। ९ कक्षा पुगिस् । अर्को वर्ष एसएलसी दिनुपर्छ । राम्रोसाग पढ् ।
 
चुन्कीका आाखाबाट बररर आासु झरे, बढैया ताल फुटेर बगेजस्तै। वनसप्टीको भूतले अठ्याएझौ घााटी क्याक्क भयो । बोल्नै सकिन । धेरै बेरसम्म रोइरही ।
 
भित्तेघडीको घन्टा सुई १२ मा पुगेको थियो । बाहिर टहटह जून लागेको थियो । झ्यालबाट जूनका छायाँ छिरेर चुन्कीको लामो कपालमा पिा्कजारिएका थिए ।
 
आासु पुछ्दै चुन्की बोली– काठमान्डु जा के महिन् भुलाइबो का हु विनयले ढाडस दियो– म तालाई बिर्सन सक्छु र  कहिल्यै बिर्सिन्न । बरु त राम्रो पढेस् । रातका दुई प्रहर उसले विनयका खुट्टा समातेरै कटाइ । मिर्मिरे उज्यालो हुन थाल्यो । अनि ऊ फुत्त निस्केर बिहानको काम गर्न थाली ।
 
विनय सााझ सुकुम्बासी टोलतिर निस्क्यो। ऊ चुन्कीको घर पुग्यो । उसका बा–आमा सागै थिए । विनयलाई देख्नेबित्तिकै भेगुवा जुरुक्क उठ्यो । र, खटियामा बस्न अनुरोध गर्‍यो– मालिक यहर बैठी ।
 
विनय झर्क्यो– काकु मलाई मालिक नभन्नु भनेर कति भनो । तपाईं मान्नु हुन्न ?
 
भेगुवा उभिइरह्यो। चुन्कीले विनयका अघि करेलाको अचार, ढिक्री र एक बटुको जााड राखिदिइन।
 
‘काली मैले जााड खाएको कहिल्यै देखिस् ?’
 
‘अघि मीठो जााड बनाएर राख् भन्नु भएको होइन?’
 
ऊ हाासिरह्यो मात्र ।
 
विनयले करेलाको अचार र ढिक्री खायो । अनि बाहिर निस्क्यो । पचास मिटर दूरीको फरकमा चुन्की पनि पछि लागी। सुकुम्बासी बस्तीको छेउमा ठूलो सिसौको रुख छ । गाउालेले यसलाई घेरेर चौतारो बनाएछन् ।
 
बस्तीको दु:ख बिसाउने साझा बिसाउनी बनेको रैछ, चौतारो। आज यो रित्तो थियो। छातिभरि जूनका छाया ओछ्याएर कसैलाई कुरिरहेझौ लाग्थ्यो । सायद विनय र चुन्की आउने चाल पाएर आज गाउँका कोही आएनन् ।
 
दुवै चुपचाप चौतारामा बसे। परै बसेकी चुन्कीलाई विनयले बोलायो– किन पर बसेकी ? यता आइज न ऊ लजाई । विनयले बोलाइरह्यो । ऊ आउँदै आइन ।
 
विनयले उसको पाखुरा समातेर तान्यो– खुब भाउ खोज्ने भइछस् हैन । आइज यता । अब तालाई एक्लै छोडेर म काठमान्डु जान्ना, बुझिस् ।
 
चुन्कीको अनुहार आधेरो भयो। मुन्टो झुकाइ– मालिकको छोरा भएर मजस्तो कम्लहरीलाई नहेर्नु बाबु। हजुरको ठूलो इज्जत, मान, सम्मान छ। मलाई बिहे गरेर गाउँमा हजुरको बेइज्जत हुन्छ । मेरो बाबा–आमा कसरी मालिकको घरमा काम गर्न जानु होला ?
 
विनय जंगियो– उसो भए ता मसाग जान खुसी छैनस्। ठीक छ, तौले अर्कै राजेकी छस् भने म तेरो बाटोमा कााडा बन्दिना। होइन भने यो विनयध्वज राणाले छोड्नेलावा छैन, बुझिस् ?
 
चुन्की सुक्सुकाई– त्यस्तो केही होइन। हजुर काठमान्डु गएपछि मलाई ललनले निकै सतायो। स्कुल जाादा–आउादा, घाास र झाला काट्न जाँदा सधैं मेरो पिछा गर्थ्यो । त म सँग बिहे गर नत्र ठीक हुन्न भन्छ ।
 
‘ऊ भन्छ– मालिकके सम्पत्तिम् तोर आाखा लागल बा । तौ नाइ बुझ्बे री, विनय तुहिन् बेच के खाई । बोर बात मान महिन् से भोज (बिहे) कर बरिया हुइजाई ।’
 
विनय मुर्मुरियो– साला ललन सालाको गर्दन छिनाइदिन्छु। के सोचेको छ, त्यसले यो विनयध्वजलाई ।
 
चुन्कीले उसको पाखुरा बलियो गरी समाती– प्लिज, यसो नभन्नुस्। हजुर सहरमा राम्रो केटी खोजेर बिहे गर्नुस् ।
 
विनय झन् रिसायो– यो बाबुसाबुको नाटक नगर्न केटी । भन् त मसँग बिहे गर्छेस् कि गर्दिनस् । ता मलाई माया गर्दिनस् ? ऊ बोल्दै बोलिन् ।
 
काठमान्डु लगेर तलाई धेरै पढाउने मेरो सपना थियो । त्यो व्यर्थ रैछ, ठीक छ, त जहाँ खुसी हुन सक्छेस् त्यहीं बस् । म भोलि बिहानै काठमान्डु जान्छु ।
 
ऊ विनयको खुट्टा समातेर रुन थाली– प्लिज बाबु त्यसो नभन्नुस् । म हजुरसँग जान तयार छु । मैले हजुरलाई दु:खी देख्न सक्दिन् । तर, मलाई डर छ, गाउाको र मालिकको। मेरा बाबा–आमालाई केही भयो भने विनय काठमान्डु गएपछि चुन्की ललनबाट मात्र होइन सिंगो गाउँबाटै असुरक्षित भई । राघवध्वजले समेत उसको फक्रिदों बैंसमा आँखा गाडे । कोठामा बोलाएर यौवनको रस पिउन धेरै कोसिस गरे । चुन्कीको छातीमा हुर्कंदै गरेका फूल टिप्न दुषित नंग्रा नतन्काएका होइनन् । तर, अनेक बहाना बनाएर ऊ फुत्किन्थी । जसोतसो आजसम्म बचाएरै राखी, केवल विनयकै लागि ।
 
विनयले दारा किट्यो– बुवाहजुर पनि यत्ति निकृष्ट होइबक्सिन्छ भन्ने थाहा थिएन । हेर्दै गइबक्स्योस्, हजुरको सान–सौकतको धुरी छिट्टै खरानी हुनेछ ।
 
ऊ जोसियो– काली भोलि टीकाको दिनमै हामीले बिहे गर्नुपर्छ । म बाइकमा आउँछु । ता वनसप्टी रोडमा निस्की। नेपालगन्ज बागेश्वरी मन्दिर गएर बिहे गर्ने हो। त्यतैबाट हामी काठमान्डु जानुपर्छ। चुन्कीले टाउको हल्लाइ।
 
विनयले चुन्कीको शिर–पाउ हेर्‍यो– आज ऊ वसन्तको बगौचा देखिएकी थिई। त्यहाा ढकमक्क फूल फूलेर बौसको बहार आएको थियो। जून पोखिएको छिप्पिादो सााझमा ऊ धपक्क बलेकी थिई।
 
दुवैले राजदूत बाइकमा घुमेको विगत सम्झे– उनीहरू चिसापानी धेरै पटक पुगेका थिए। कर्णालीको चिसो पानीमा खुट्टा डुबाएर घन्टौा बस्थे। प्रेमगीत गुन्गुनाउथे। गीतका फााकी दुनियाालाई सुनाउादै पानीले दक्षिणतिर बगाउाथ्यो। प्रेमको पुष्पक विमानको उडान कहिले सुर्खेतको बुलबुले ताल र देउती बज्यै मन्दिरसम्म पुग्थ्यो। पोहोर माघीमा विनय काठमान्डुबाट सोझै ठाकुरद्वारा आएको थियो। ठाकुरबाबालाई साक्षी राखेर दुवैले मायाको डोरो कसिलो पारेका थिए।
 
 
सााच्चै भोलिदेखि ऊ विनयकी श्रीमती हुन्छे। चिनियाा ‘चौधरी’ फेरिने छे। ऊ चिनियाा राणा हुने छे। उसको गाउा, सहर र सिंगो संसार अब विनय हुनेछ। विनयसागको दाम्पत्य जीवन सम्झेर ऊ रातभरि निदाउन सकिन। ऊ झ्यालबाट छिरेका जूनका छायासाग खेलिरही। तिनै छायाालाई विनय मानेर आगालो हाली र धेरै पटक चुमी। यस्तो अचम्म र उच्चाटको बेचैनी उसले कहिल्यै भोगेकी थिइन।
 
आाखा झिमिक्क नगरी चुन्कीले सिंगो रात कटाइ। भाले बास्यो । ऊ उठेर कामधन्दामा लागी।
 
१० बज्यो। चुन्की चिच्याई– बाबा बेला हुइगिल। हाली करो।
 
पिाढीमा टीका र चमरा तयार पारी । सफा चट्टिया बिछ्याइ । आफ्ना दुई भाइ श्रीजन र रामदिनसाग सागै बसी । भेगुवा र चुकनीले सुरुमा छोराहरूलाई टीका लगाइदिए। छिनमै उसको निधार पनि टीकाले भरियो ।
 
जमरा लाइदिादै बाले भने– छायी तुहिन् धेर पढाइना मन रहे। नाइसेक्नु । मलिक्वा से बात कैल्याटा । हुइल कि नाइ । हुइल से तो तोर जिन्दगी बढिया हुइन रहे ।
 
चुन्कीका आाखा डब्डबाए ।
 
टीका सकियो। एकछिन अलमल गर्दै चुन्कीले भनी– बाबा मै सघरियाक घर जाके आइम ना। साहो जुन हुइ जाई काहु ।
 
‘हाली आइस्। धेर रात नैकरिस् ।’
 
‘हाा हाा बाबा’ भन्दै ऊ घरबाट निक्ली । उसले फर्केर हेरी भाइ र आमा उसलाई हेर्दै थिए।
 
उसले सान्त्वना दिइ– डाइ, भैया मै हाली आइम ना ।
 
मुखले त भनी तर ऊ अब यहाा घर भनेर कहिल्यै फर्कने छैन   । जन्मघर सदाका लागि छोडेर जाादै थिई । बेलको रुखमुनि हिजो राति नै लुगा राखेको झोला लुकाएकी थिई। झोला समाती । दायााबायाँ कसैले देख्ला कि भन्दै ऊ भिलोर रुखलाई दाहिने पारेर चोरबाटोतिर लागी। ऊ जंगलैजंगल वनसप्टी रोडतिर दौडी । 
 
 
राघवध्वज र विन्देश्वरीले विनयलाई टीका लगाइदिए । टीका सकियो । विनयले हतारहतार बाइक निकाल्यो ।
 
राघवध्वजले सोधे– खानै नखाइ कहाा बाबु?
 
‘बुवाहजुर म नेपालगन्ज जाने जरुरी काम छ। बाटोमै खान्छु। पीर नलिइबक्स्योस ्। सााझ फर्किन्न होला । मुवाहजुर बाटो नहेरिबक्सेला ।’
 
साढे १२ बजिसकेको थियो । विनय आत्तियो– चुन्कीले कति पर्खी होली। ऊ समयको जहिले पनि ख्याल गर्छे । उसले दुईजोर कपडा राखेको ब्याग भिर्‍यो र बाइक स्टार्ट गरेर हुइाकियो ।
 
ऊ वनसप्टी पुग्यो। वरिपरि हेर्‍यो, चुन्की थिइन। झाडीमा लुकी कि भन्दै चारैतिर च्यायो। सोच्यो– चुन्की कतै लुकेकी छे ।
 
विस्तारै बोलायो– काली म आइसक्याा । लुक्नुपर्दैन छिटो आइज । मसिनो आवाज झाडीमै बिलायो ।
 
ऊ अलि चर्को करायो– ए काली कति दु:ख दिन्छेस् छिटो आइज न । ढिला भइसक्यो । तालाई कुराएा सरी बाबा ।
 
विनयको बोली अघिझौ बडेबडे सालका रुखमा ठोक्किएर बिलायो । तर, चुन्कीको आवाज कतै सुनिएन। विनयले उसको मोबाइलमा फोन थिच्यो। फोन अनौठो बज्यो– माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।
 
विनय झसंग भयो । कतै चुन्कीलाई ललनले त भगाएन आफू ढिलो आएकोमा पछुतायो। दर्जनौा पटक फोन थिच्यो । तर, उही आवाज दोहोरिइरह्यो।
 
विनयलाई पक्का भयो। चुन्की ललनसागै भागी। ऊ मुर्मुरियो– जााठी तौले मलाई घोका दिइस्। आखिर थारुको जात जनाइस् होइन? अनायासै उसका आाखामा आासु भरिए।
 
उसले निकै अघि सडकमा मान्छेको भीड देख्यो। आासु पुछेर त्यतै दौड्यो– चुन्की त्यहीा पो छ कि भाग्न लागेको देखेर गाउालेले रोकेको हुनुपर्छ ।
 
नजिकै पुगेर सोध्यो– के भयो ? कोही बोलेन । भीड बीचबाट कसैको रुवाइको चित्कार बाहिर आएको थियो। विनय भीड पन्छाउादै भित्र छिर्‍यो ।
 
त्यहााको दृश्य देखेर विनय छाागाबाट खसेझौ भयो। चुन्की लम्पसार सुतेकी थिई। कपालमा सिउरेको केही जमरा भुइामा खसेका थिए। टीका जतनले निधारमै टाासिएको थियो। आधा रेटिएको उसको घााटीले मुश्किलले टाउको धानेको थियो ।  विनय त्यही मुर्छा परेर ढल्यो ।
 
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा