नेवा: नख: न्यूयोर्कमा प्रधान

नेवा: नख: न्यूयोर्कमा प्रधान
विश्व न्यूज संवाददाता
न्यूयोर्क ।
 
  नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशन तथा साधारण सभा शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । अधिवेशनले  अध्यक्षमा बिष्णु मान प्रधानलाई निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको  प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महा–सचिवमा डा. नरेश मान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान, सह–कोषाध्याक्षमा सुजन श्रेष्ठ रहेका छन् । यस्तैं  कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन् । 
 
नख:को बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वत: सल्लाहाकार हुने भएकाले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार भएका छन् भने सभाले पूर्ब सल्लाहकार अजय छोचूङ र राज कुमार श्रेष्ठ पनि लाई सल्लाहाकारमा चयन गरेको छ । 
कार्यसमिति निर्वाचित गर्न संस्थापक अध्यक्ष विरेन्द्र प्रधानको संयोजकत्वमा निर्वाचित समिति रहेको थियो । 
संस्थाका अध्यग राजा शाक्यको अध्यक्षता, उपाध्यक्ष विष्णुमान प्रधानको स्वागत र संस्थपक अध्यक्ष विरेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थापक सचिब संजय शिलाकार, सल्लाहकार अजय मान छोचूं, राज कुमार श्रेष्ठ, सचिब डा. नरेश मान शाक्य, सदस्य दिपक कुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठ लगायतले संस्थाको विगतदेखि वर्तमान गतिविधिबारे आ आफ्ना धारणा राखेका थिए । 
सो अवसरमा महासचिव महेन्द्र विर वज्राचार्यले संस्थाको कार्यप्रगति विवरण पेश गरेका थिए । निर्वाचित भएपछि धारणा राख्दैं अध्यक्ष प्रधानले नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि स्थापित यो  संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै जाने बताए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा