समाजले मनायो २० औं बार्षिकोत्सव

समाजले मनायो २० औं बार्षिकोत्सव
विश्वन्यूज संवाददाता
अर्विङ (टेक्सस) । 
 
नेपाली समाज टेक्ससले २० औं वार्षिकोत्सव मनाएको छ । समाजले स्थापनाको २० औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा डिनर नाइट कार्यक्रमको आयोजना गऱ्यो । 
संस्थाका अध्यक्ष सुमन थापाको अध्यक्षता र पूर्व महासचिव विजय भट्टराईको संचालनमा भएको कार्यक्रममा सिटी अफ अर्विङका प्रमुख रिक स्टोफर, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रबोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, पूर्व अध्यक्षहरु डा. प्रेम राज अधिकारी, वैकुण्ठ विक्रम थापा, पूर्व महासचिव सुन्दर कर्माचार्य, सस्थापक सदस्य अन्जन श्रेष्ठ लगायतले समाजको गतिविधिमाथि प्रकाश पारेका थिए । 
कार्यक्रममा संस्थाका महासचिव भक्त भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसैविच, समाजले संस्थाको आर्थिक विकासका लागि अभियान सहीत अघि बढ्ने भएको छ । आकस्मिक कोष निर्माण देखि लिएर संस्थाको आर्थिक तथा भौतिक विकासका लागि योजना वनाएर सहयोग संकलन गरिने जनाएको छ । यस्तैं, समाजले शनिवार निशुल्क फ्लु शट व्यवस्था मिलाएको थियो । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा