जुनकिरी ल्याउँदैं न्यौपाने

जुनकिरी ल्याउँदैं न्यौपाने
विश्व न्यूज संवाददाता 
अर्विङ ।
गितकार भुपेन्द्र न्यौपानेले जुनकिरी बोलको गित बजारमा ल्याउने भएका छन् । लामो समयदेखि गित लेखनमा सक्रिय न्यौपानेले यसअघि अरुसँग हासेर बोल म सँग रिसाएपपनि बोलको गित वजारमा ल्याएका थिए । 
न्यौपानेको पछिल्लो जुनकिरी बोलको गितको भिडियो छायांकनको चरणमा रहेको छ । नेपाल आइडल सिजन १ को टप थ्रि मा पुगेका प्रताप दासको गायन रहेको गितमा शंकर थापाको संगित र काजिश श्रेष्ठको निर्देशन रहेको छ । 
बिन्धवासिनी म्युजिक प्रा.लि.ले वजारमा ल्याउने लागेको गितको म्युजिक भिडियोमा अञ्जली अधिकारी र काजिश श्रेष्ठको अभिनय रहेको छ भने अजय रेग्मीको छायांकन रहेको छ ।   
गितको छायांकनको काम भैरहेको र अवको केही दिन भित्र गित सार्वजनिक हुने अमेरिकामा वस्दैं आएका गितकार न्यौपानेले जानकारी दिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा