अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवलका खेलाडी सहभागि हुने

अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा  बुटवलका खेलाडी सहभागि हुने
विश्व न्यूज संवाददाता
बुटवल ।  
थाइल्याण्डको बैंककमा आयोजना गरिएको ८ औं तिरक अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवलका तेक्वान्दो खेलाडीले समेत प्रतिष्पर्धा गर्ने भएका छन् । थाइल्याण्डकी महारानी सिरिकिटको नाममा संचालन हुदैं आएको प्रतियोगिताको यो संस्करणमा नेपाल सहीत थाइल्याण्ड, भारत, दक्षिण कोरिया, श्रीलंका, पाकिस्तान, फिलिपिन्स,म्यानमार, इण्डानेसिया,कम्वोडिया,उज्वेकिस्तान, अष्ट्रेलिया, बेलायत लगायतका देशवाट विभिन्न तेक्वान्दो टोलीका खेलाडीको सहभागिता रहने छ । 
अक्टुवर २७ मा हुने प्रतियोगितामा बुटवलवाट सहभागि हुन जान लागेका खेलाडीहरुमा राजकुमार पाण्डे, राजिव सिंहक्षेत्री, रामु वरुनले पुम्से विधामा संयुक्त तथा व्यक्तिगत प्रतिष्पर्धा गर्दैछन् । २० किलोग्राम भन्दा मुनीको तौल समुहमा श्रीस थापा खाम्चा, ४५ किलोग्राम तौल समुहमा विशेष थापा र बुटवल पब्लिकका सुयांस प्रधानले पुम्सेमा प्रतिष्पर्धामा गर्ने छन् ।
यस्तैं,नेपालको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङ्गका खेलाडीहरुको समेत प्रतियोगितामा सहभागिता रहनेछ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा