राष्ट्रपति भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी  स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागतगरे । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताए ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्ता भएको जानकारी गराउँदै उनले भने, ‘भेटमा नेपाली प्रतिनिधिमण्डलद्वारा कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरियो ।’

कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवद्र्धन, सुरक्षासम्बन्धी विषयमा विस्तृत कुराकानी भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफूले पनि कतारका श्रममन्त्रीसँग छुटै भेटवार्ता गरेको जानकारी दिए ।

भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उनले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्नेलगायत विषयमा पनि कुराकानी भएको दिए ।

भ्रमण अवधिमा मुख्य गरी तीन दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘दुई मुलुकका सरकारी र कूटनीतिक राहदानीवाहकका लागि प्रवेशाज्ञा अनुमति दिने विषयले उच्चस्तरीय भेटघाट र भ्रमणलई सहज बनाउनेछ ।’

कृषि तथा खाद्य सुरक्षामा भएको सम्झौताले यस क्षेत्रमा सहयोग आदानप्रदानको बाटो खोलेको छ । नेपालमा जैविक खेती प्रवद्र्धन गर्ने सम्बन्धमा समेत विस्तृत छलफल भएको उनले बताए ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा