नाइजेरियाको र्बोनोमा सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिए

नाइजेरियाको र्बोनोमा सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिए

एजेन्सी, कात्तिक १६ । नाइजेरियाको र्बोनोमा सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् ।  नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको घटनाका क्रममा कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै चिनीया समाचारसंस्था सिन्हुवाले घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेको जनाएका छन् । सम्पर्क बिहीन भएकाहरुलाई  विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ ।

बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ । सैन्य कारवाहीमा कोफाका एक जना धार्मिक नेता पनि मारिएको जनाइएको छ । स्थानीयबासिन्दाले लामो समयसम्म गोलीको आवाज सुनेको बताएका छन् ।

 

 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा