समाजले महोत्सव गर्ने

समाजले महोत्सव गर्ने
विश्व न्यूज संवाददाता
अर्विङ ।
 नेपाली समाज टेक्ससले दसैं तिहार महोत्सव गर्ने भएको छ । समाजले आउदो नोमेम्वर १० का दिन महोत्सव गर्न लागेको हो । नेपालको वहुजातीय र वहुआयामिक संस्कृति झल्काउने उद्देश्यले महोत्सवलाई  सांस्कृतिक रुप दिन लागिएको समाजले विहिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । 
कलाकार उदय मनिला सोताङ देखि डिजे नाइट तथा विभिन्न स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने महोत्सवमा आफ्नैं मौलिक पहिरनमा आउने सहभागिलाई प्रवेश टिकटमा आधा छुट दिइने सो अवसरमा जानकारी दिइयो । 
लस कोलिनसस्थित शो विजनेश स्टुडियोमा हुने महोत्सवको अवसरमा उपस्थिति जनाउने नेपाली मुलका अमेरिकी सेनामा सेवारतहरुलाई समेत सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
यसैविच, समाजले नोमेम्वर २५ का दिन साधारण सभा गर्ने भएको छ । समाजका अध्यक्ष सुमन थापाको अध्यक्षता र महासचिव भक्त भण्डारीको सहजीकरणमा भएको कार्यक्रममा समाजका सचिव परशुराम दाहाल, सदस्य प्रयास वास्तोला, महोत्सवमा इभेन्ट म्यानेजम्याण्टमा सहकार्य गरेको नेपो रेकर्डसका सुदीप पोखरेल लगायतले धारणा राखेका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा