दिक्षितलाई डलास काउन्टी कलेज डिष्ट्रिक्ट डिष्टिङग्युष्ड अवार्ड

दिक्षितलाई डलास काउन्टी कलेज डिष्ट्रिक्ट डिष्टिङग्युष्ड अवार्ड
विश्व न्यूज संबाददाता
अर्विङ । 
 
द फाउन्डेशन अफ डलास काउन्टी कम्युनिटी कलेज डिष्ट्रिक्ट ले प्रदान गर्ने उत्कृष्ट आल्मुनी  एण्ड पिलर अफ द कम्युनिटी अवार्ड २०१८ वाट एक नेपाली पुरस्कृत भएका छन् । 
काउन्टी अन्तर्गत रहेका ७ वटा कम्युनिटी कलेटवाट अध्ययन सकेका भूपू विद्यार्थीहरुले गरिरहेको कामको मुल्याकंन गर्दै फाउन्डेशनले अवार्ड प्रदान गर्ने गर्दछ । 
सोही अन्तर्गत नर्थ लेक कम्युनिटी कलेजका पूर्व विद्यार्थी कपिल मनी दिक्षितले अवार्ड पाएका हुन् । उनी सहीत प्रत्येक कलेजका २ पूर्व विद्यार्थी गरी १४ जनाले अवार्ड पाएका थिए । फाइन आर्टका विद्यार्थी दिक्षित सन् २००८ मा नेपाल फर्केर आफ्नो अध्ययन अन्तर्गतको काममा सक्रिय रहँदैं आएका छन् । 
दिक्षित सहीत पुरस्कृत सबैंलाई फाउण्डेशनले एक कार्यक्रमका बिच अल्मोनाई अवार्ड प्रदान गरेको छ । डलास काउन्टीमा नर्थ लेक, बु्रक हेभन, इष्ट फिल्ड, एल सेन्ट्रो, माउन्टेन भ्यु, सिडर भ्याली र रिचल्याण्ड कम्युनिटी रहेका छन् । जसमध्ये नर्थ लेक, रिचल्याण्ड र माउन्टेन भ्यु मा अधिकांश नेपाली अध्ययन गर्ने गरेका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा