वैदेशिक रोजगारीको कहाली दाग्दो १० वर्षः कफिनमा फर्के ६९२१, १८ जना कोमामा

वैदेशिक रोजगारीको कहाली दाग्दो १० वर्षः कफिनमा फर्के ६९२१, १८ जना कोमामा
काठमाडौं,  कात्तिक १९ । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विभिन्न विषयमा समाचार छापेका छन् । नयाँ पत्रिका दैनिकले आज वैदेशिक रोजगारीको १० वर्षे दौरानमा भएका नेपालीको मृत्यु तथा अंगभंगबारे मुख्य समाचार लेखेको छ ।
 
समाचार अनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९ सय २१ कोफिनमा फर्किएका छन् । सबैभन्दा धेरै नेपालीको ज्यान मलेसियामा गएको छ । त्यसपछि साउदी, कतार र यूएई धेरै नेपालीले ज्यान गुमाउने वैदेशिक रोजगार गन्तव्य मुलुक हुन् ।
 
यस अवधिमा १ हजार २ सय ५२ भन्दा बढी अंगभंग भएका छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४ सय २७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । समाचार अनुसार यो तथ्यांक वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड स्थापनाको १० वर्षमा आर्थिक सहायता वितरण गरिएकाहरुको मात्रै हो । त्यसबाहेक गैरकानूनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरुको लेखाजोखा नै छैन ।
 मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्यरत्न तुलाधरको निधनबारे समाचारलाई सबै पत्रिकाले छापेका छन् । बोक्सी आरोपमा महिला कुटिएकोदेखि कर्णाली प्रदेशका ठकेदार मन्त्रीले कार्यभार सम्हालेपछि ४ ठेक्का पारेको, महासमिति बैठकको नयाँ मिति तय गर्ने तयारीमा कांग्रेस जुटेको, मोदी फेरि नेपाल आउन लागेकोलगायत समाचार पनि आजको पत्रपत्रिकाको हेडलाइन बनेको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा