कांग्रेसमा फेरि महासमिति बैठक सार्ने चलखेल सुरु

कांग्रेसमा फेरि महासमिति बैठक सार्ने चलखेल सुरु
काठमाडौं, कात्तिक १९। नेपाली कांग्रेसको महासमिति बैठक पुन सर्ने संकेत देखिएको छ ।  कांग्रेसले मंसिर ५ देखि ९ काठमाडौँमा महासमिति बैठक गर्ने तयारी गरेको थियो । तर, समय अभाव देखाउँदै सार्ने भएको तयारीमा कांग्रेस लागेपछि बैठक अनिश्चित बनेको हो। नयाँ संरचनाअनुसारको पार्टीको विधानलाई तयार गरिरहेको कांग्रेसले विधानभित्रका कतिपय विषयमा नेताहरुबीच असहमति कायम रहेपछि महासमिति नै सार्ने तयारी गरेको हो ।
 
नयाँ विधानमा नेतृत्वको अधिकार, निर्वाचन प्रणाली, पार्टी सदस्यता, केन्द्रीय समितिको आकारलगायतका विषयमा नेताहरुबीच असहमति रहँदै आएको छ । यसैबीच कांग्रेसले भोलि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले पनि बैठक सर्ने संकेत गरे ।  
कांग्रेस संस्थापन पक्ष नयाँ विधानमा सभापतिलाई केही अधिकार थप गर्ने पक्षमा छ भने इतर पक्ष भएको व्यवस्थालाई समेत घटाएर अघि बढ्ने पक्षमा रहेको छ । यस्तै, पार्टीका विभिन्न विभागको पूर्ति पनि निर्वाचनमार्फत नै हुनुपर्नेमा संस्थापनइतर पक्ष रहँदै आएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा