बर्दियामा गोली चल्यो, एकको हत्या, पुष्टि नभएको प्रहरीको भनाई

 बर्दियामा गोली चल्यो, एकको हत्या, पुष्टि नभएको  प्रहरीको भनाई
 
काठमाडौं, कात्तिक १९ । बर्दियामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या भएको स्थानीयले बताएका छन् ।
 
तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ । परिवारका सदस्यको भनाइअनुसार ३५ वर्षीय खटिकलाई आइतबार बिहान घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पनि लुटेर लगिएको छ । खटिकको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा