श्रीमतीको हत्या गर्ने दुर्गाबहादुर प्रहरी खोरमा

 श्रीमतीको हत्या गर्ने दुर्गाबहादुर प्रहरी खोरमा
 
 
गुल्मी, कात्तिक १९ । गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएको प्रहरीले जनाएको छ । 
 
तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो ।  
 
दुर्गाबहादुरका तीन छोरा र एक छोरी छन् । श्रीमतीको हत्या गरेपछि यतिबेला ती बालबालिका बिचल्ली भएका छन् । उनीहरूको छिमेकी ओमबहादुर नेपालीले गाउँपालिकाको सहयोगमा संरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा