साइकलमन्त्री’सँग गाडीको लस्कर

 साइकलमन्त्री’सँग गाडीको लस्कर
 
काठमाडौँ, कात्तिक २० ।  साइकलमन्त्रीका रुपमा चिनिने लालबाबु पण्डित ‘गाडीमन्त्री’मा परिणत भएको समाचार आएको छ ।  
सम्पत्ति विवरण बुझाउँदा सवारी साधनका नाममा एउटा साइकल मात्रै उल्लेख गरेका यिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।
 
 
मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएको समाचारमा उल्लेख छ । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।
 
कान्तिपुर लेख्छ– उनी मन्त्रालयले उपलब्धत्र गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । यो गाडी अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ । मन्त्रीपत्नी विमला महतले मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी प्रयोग गरिरहेकी छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा