विदेशी पर्यटकको लाङ्टाङबाट फर्किने क्रममा मृत्यु

विदेशी पर्यटकको लाङ्टाङबाट फर्किने क्रममा मृत्यु
 
रसुवा, कात्तिक २१ । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । 
 
धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।  
 
सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेका थिए । उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ । 
––– 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा